एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १७ मंसिर। बलिउड अभिनेत्री मनिषा कोइरालालाई थप उपचारको लागि शनिवार अमेरिका लगिएको छ।
मुम्बईस्थित जसलोक अस्पतालबाट शुक्रबार डिस्चार्ज भएपछि उनलाई थप उपचारको लागि अमेरिका लगिएको पारिवारिक स्रोतले जनाएको छ।
तस्विर: अनलाइन पत्रिकाहरु
अचानक विहोश भएर नर्भिक अस्पताल पुर्याएकी मनिषालाई चिकित्सकले मुम्बई लान सुझाव दिएका थिए। परिक्षणपछि उनको पाठेघरमा क्यान्सर देखिएको थियो।
अस्पतालले क्यान्सर प्रारम्भिक चरणमै रहेकोले त्यही उपचार हुन सक्ने बताइएपनि बुबा प्रकाश कोइरालाका साथीहरुको सल्लाहबमोजिम मनिषालाई न्युयोर्क लाने निर्णय गरिएको जनाइएको छ। कोइराला परिवारमा यसअघि धेरैलाई क्यान्सरले सताएपनि मनिषाको अवस्था चिन्ता लिनु नपर्ने जनाइएको छ।
उनको उपचार न्युयोर्कको म्यानहटनमा रहेको मेमोरियल स्लोन केटरिंग क्यान्सर सेन्टरमा हुने छ। त्यहाँको चिकित्सकहरुसंग मनिषाको भेटघाट सोमवार मिलाइएको उनका नातेदार मृदुला कोइरालाले जनाएका छन्। उनका अनुसार उपयुक्त समयमा मनिषाको शल्यक्रिया गरिने छ। काँग्रेस सभापति सुशील कोइरालाको क्यान्सरको शल्यक्रिया पनि यही सेन्टरमा गरिएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b