सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, १६ मंसिर। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले मजदुहरुलाई राज्यले कुनै किसिमको सुविधान नदिएकै कारण पछि परेको बताएका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले शनिवार धरानमा आयोजना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।
श्रेष्ठले यसमा मजदुरहरु समेत दोषी रहेको बताउदै मजदुरहरुले कहिल्यै पनि सत्ताको लागि राजनीति नगरेकै कारण आफूहरुले पाउनुपर्ने हक अधिकार समेत पाउन नसकेको बताए।
हरेक दृष्टिकोणले यातायात मजदुरलगायत अन्य क्षेत्रका मजदुरहरु श्रम शोषण लगायत बेरोजगारीको समस्याबाट आक्रान्त हुनुपरेको बताउदै यसको प्रमुख दोषी राज्य सञ्चालन गर्ने राजनीतिक दलका नेता भएपनि यसलाई मजदुहरुले यसलाई चिर्न नसक्दा समस्या भयावह भएको समेत आरोप लगाए।
हरेक दृष्टिकोणले मजदुर सक्षम भए पनि भाषण भन्दा कामलाई महत्व दिए पनि राज्य सत्ताले कामको कहिल्यै मुल्याकंन नगरेको उनको आरोप थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितिका अध्यक्ष प्रेम पोख्रेलको सभापतित्वमा सम्पन्न सो अधिवेशनमा संगठनका केन्द्रीय सचिव भीम राई ज्वाला, केन्द्रीय सदस्य किशोर धमाला, अञ्चल अध्यक्ष भक्त लामा लगायतले मजदुरको पीडालाई सम्बोधन गर्नका लागि राज्यलाई घचघचयाउनुपर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका श्रेष्ठले अत्यन्तै गरिब परिवार एवम् परिवारका सदस्य गुमाएका दुई मजदुरका परिवारलाई जनही ५÷५ हजार प्रदान गरे।
यस सम्मेलनले संयुक्त रुपमा सम्मेलनको आयोजना गरे पनि यसपटक यससंग सम्बन्धित चार इकाइ समितिले समेत संयुक्त रुपमा सम्मेलनको आयोजना गरेका हुन्। नेपाल स्वतन्त्र मजदुर संगठन धरान नगरसमितिको इकाइ कमिटी लोडअनलोड इकाइ कमिटी, तीनकुने, स्टेन श्रमिक युनियन, नीजि विद्यालाय चालक परिचालक इकाई समितिले संयुक्त रुपमा सम्मेलनको आयोजना गरे पनि कार्यसमिति भने अलगअलग रहने आयोजकले जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b