एचकेनेपाल डट कम संवाददाता-
डोटी, २० फागुन । डोटीको डौढ गाविसबाट बझाङ्ग जोड्ने सडक खन्ने क्रममा पहिरोमा पुरिएर तीन जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा डोटीको डौढ गाविस १ का ३२ वर्षीया कला सिंह, ३० वर्षीया भागादेवी सिंह र ३३ वर्षीया कलसीदेवी सिंह रहेका छन्। घटनामा गोमा विष्ट र कालीदेवी सिंह घाइते भएको प्रहरीले बताएको छ। गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि दीपायल लगिएको छ।
सडक खन्ने क्रममा सडकमाथिबाट सुख्खा पहिरो खसेर ती महिला श्रमिकहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस