Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

काँग्रेस नेता भीमबहादुर तामाङको निधन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ मंसिर। काँग्रेस नेता भीमबहादुर तामाङको ७८ वर्षको उमेरमा शनिवार विहान निधन भएको छ।

विहान मर्निङ वाकबाट फर्केका तामाङको स्वासप्रस्वास प्रक्रियामा असहज महसुस भएपछि नर्भिक अस्पताल लगिएको थियो।

काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले तामाङको अस्पताल लैजाँदै गर्दा अस्पताल परिसरमा निधन भएको बताएका छन्। उनको हृदयघातको कारण विहान करीव साढे ८ बजे निधन भएको जनाइएको छ।

अपस्ताल पुर्याउन नपाउंदै उनको नाडी, स्वासप्रस्वास र मुटुले काम गर्न छोडि सकेको थियो। नाडीमा तातोपन नभेटेपछि बचाउन नसकिएको चिकित्सकहरुले बताए।

२०१४ सालमा नेपाली काँग्रेसबाट राजनीतिमा प्रवेश गरेका तामाङ २०१७ साल राजा महेन्द्रले शासन सत्ता हातमा लिई लोकतन्त्र खोसेपछि सुवर्ण सम्शेरले चलाएको सशस्त्र क्रान्ति र २०२८ सालमा बिपीको आह्वानमा भएको क्रान्तिमा बन्दुक बोकेर होमिएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by