भीम के सी कमल /एचकेनेपाल डट कम-
लिस्बन, ३० नोभेम्बर । अल्गार्भ पोर्चुगलमा नोभेम्बर १५ तारिख भाइटीकाको राति कामबाट साईकलमा घर फर्कने क्रममा अपरिचित कारको ठक्करबाट मृत्यु भएका बेगबहादुर थापाको परिबारलाई सहयोग गर्न एनआरएन पोर्चुगलले पुनः अपिल गरेको छ।
गुल्मीमा जन्मिएका ४२ वर्षीय थापा नेपालमा बुटवलमा बस्दै आएका थिए। नेपालबाट जर्मनी हुदै करीव एक दशकअघि पोर्चुगल आएका थापा अल्गार्भ, पोर्चुगलमा श्रीमती र दुई नाबालक छोराछोरीसंग बस्थे।
हालसम्म संकलित सहयोगमध्ये दाहसंस्कारमा खर्च भएर बाँकी रकम परिवारको पुनर्स्थापनामा अपुग हुने देखिएकोले एनआरएनले पोर्चुगल तथा युरोपका अन्य देशमा रहेका शुभचिन्तकहरुबाट थप सहयोगको निम्ति आग्रह गरिएको हो।
सहयोग रकम एनआरएन पोर्चुगलको बिपिएन बैंकमा रहेको खातामा ट्रान्सफर गर्न सकिने ब्यबस्था मिलाइएको कार्यवाहक अध्यक्ष डिलाराम चापागाईले जानकारी दिएका छन्। सहयोग रकम जम्मा गर्दा रेफरेन्सम ‘स्व. बेग बहादुर थापा परिवार सहयोग’ भनेर उल्लेख गर्न समेत आग्रह गरिएको छ। सहयोग दाताहरुको अध्याबधिक बिवरण एनआरएन पोर्चुगलको वेवसाइटमा सार्बजनिक गरिने जनाइएको छ।
बैंक खाता बिबरण:
बैंक: Banco Português de Negócios (BPN)
खातावालको नाम: Associacao Nepaleses Residentes em Portugal
खाता नं: 30676290101
IBAN/NIB: PT50 007900003067629010180
स्विफ्ट कोड: BPNPPTPL
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b