एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ मंसिर । जिल्ला प्रहरी कार्यालय गोरखाले राजनीतिक र आर्थिक दवावमा जिल्लाको मुच्चोक ५ का साने नेपालीको हत्या गर्ने हत्यारालाई उन्मुक्ति दिएको भन्दै न्यायको लागि अपिल गरेका छन्।
मृतकका आफन्त विनोद नेपालीले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूले नेपालीको हत्यामा संलग्न स्थानीय दिनेश विक र मानवहादुर विकको नामसहित किटानी जाहेरी दिए पनि प्रहरीले स्थानीय राजनीतिक संरक्षण र आर्थिक प्रभावका कारण उन्मुक्ति दिएको भन्दै न्यायको लागि अपिल गरे।
उनले कार्तिक १६ गते किटानी सहित जिल्ला प्रहरीमा जाहेरी दिएको हेलो सरकार मार्फत उजुरी दिएको र गृहमन्त्रालयले मंसिर ११ गते कारवाहीको लागि निर्देशन दिए पनि प्रहरीले कुनै चासो नदिएको बताए।
उनले जिल्लाका केही राजनीतिक दलका नेताहरुको संरक्षण रहेकोले बारम्बर प्रयाश गर्दा समेत आफूहरुले न्याय पाउन नसकेको बताए।
राज्यबाट न्याय पाउन नसकेपछि दवावको लागि आफूहरु पत्रकारको शरणमा आएको भन्दै हत्यारालाई कारवाही गरी पीडितलाई न्याय दिलाउन पत्रकार सहित मानवअधिकारबादी र नागरिक समाजसँग आग्रह गरे। नेपाललाई अभियुक्तद्वयले कुटपिटपछि सुन्तलाको बोटमा झुण्ड्याएर हत्या गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b