सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १५ मंसिर। सधैंभरी स्वास्थ्य उपचारसेवामा व्यस्त हुने चिकित्साकर्मीहरु अबको एक साता भने खेलकुद, साहित्यिक तथा साँस्कृतिक गतिविधिमा अत्यन्तै व्यस्त हुने भएका छन्।
चिकित्साकर्मीहरुको महोत्सवका रुपमा परिचित ‘साइन्याप्स’को वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पुनःआयोजना गर्ने भएपछि देशभरका चिकित्सा शास्त्रका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरुको ठूलो संख्या सो ‘साइन्याप्स–२०१२’मा सहभागी हुने भएकाले एक साताका लागि उनीहरु व्यस्त हुने भएका हुन्।
मंसिर १७ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापीरुपमा नेपालमा रहेका विभिन्न मेडिकल तथा डेन्टल कलेजहरुका विद्यार्थी तथा शिक्षकहरुको वृहत सहभागितामा विभिन्न खेलकुद, साहित्यिक तथा साँस्कृतिक महोत्सवहरुको आयोजना गरिएको संगालो ‘साइन्याप्स’ प्रतिष्ठानले आज धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
प्रतिष्ठानले हरेक वर्ष महोत्सवको रुपमा मनाउदै आएको भएपनि विगत ४ वर्षदेखि हुन सकिरहेको थिएन। यस महोत्सवले देशभरका चिकित्सा शास्त्रका विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीहरु माझ परिचित हुने एवं भाइचारा तथा सद्भाव कायम गर्ने र उनीहरुको प्रतिभा प्रष्फुटन गराउन सहयोग पुग्ने आयोजक समितिका अध्यक्ष प्रभात सापकोटा बताए। साइन्याप्स २०१२ मा देशभरका मेडिकल, डेन्टल तथा नर्सीङ्गका विद्यार्थीहरु साथै शिक्षक तथा कर्मचारीहरु समेत सहभागी हुने उनले जानकारी दिए।
साइन्याप्समा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस जस्ता खेलहरुका साथै समूह गायन, नृत्य लगायतका साँस्कृतिक कार्यक्रम र साहित्यिक प्रतियोगिताहरु समावेश हुने आयोजक समितिका जनसम्पर्क अधिकृत विकास पौडेलले बताए। उनका अनुसार प्रतियोगिताका विजेताहरुलाई ट्रफि, मेडल तथा प्रमाणपत्रले सम्मानित गरिनेछ।
देशभरका मेडिकल कलेज तथा वि.पी. प्रतिष्ठानका सहित गरि करिब ३ हजार प्रतियोगीहरुको सहभागिता रहनुका साथै ठूलो संख्या विद्यार्थी, शिक्षक, कर्मचारीहरुको जमघट हुने आयोजकको भनाइ छ। यस महोत्सवले धरानको पर्यटन प्रवद्र्धनमा समेत विशेष योगदान पु¥याउने आयोजकको दाबी छ। महोत्सवमा देश भर का १५ मेडिकल कलेजको सहभागीता हुने जनाइएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b