दिननाथ बराल /एचकेनेपाल डट कम-
पोखरा, १४ मंसिर। सहारा युकेको हालै सम्पन्न भएको बार्षिक साधारण सभाले नविन गुरुङको अध्यक्षमा दुई बर्षीय कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा दिलिप गुरुङ, महासचिव मिन (साईला) गुरुङ, सचिवमा ओम प्रकाश गुरुङ, कोषाध्यक्षमा कुमार गुरुङ र टिका गुरुङ, रहेका छन्। त्यसै गरी स्पोर्टसमा ले. कुसाङकुमार गुरुङ, र नवल गुरुङ, कल्चरमा कृष्ण गुरुङ, र गम गुरुङ, मिडियामा ज्ञान गुरुङ र मिलन गुरुङ रहेका छन्।
त्यस्तै, अन्य सदस्यहरुमा नरेश गुरुङ, धुर्व गौतम, शारदा गुरुङ, भानु गुरुङ, नारायण गुरुङ, कालुशिंह गुरुङ, विर बलाल, कमल गुरुङ र थमन श्रेष्ठ रहेका छन्।
संस्थापक सल्लाहकार महेश गुरुङको नेतृत्वमा नरजंग गुरुङ र लोक गुरुङ सल्लाहकार समितिमा चयन भएको सहारा युकेले पे्रसित विज्ञप्तिमा जनाएको छ। तमु धिं युकेका अध्यक्ष मुछेत्र गुरुङले नयाँ कार्यसमितिलाई खादा तथा अविर लगाएर कार्यकालको पूर्ण सफलताको शुभकामनासहित धन्यवाद ज्ञापन गरेका थिए। नविन गुरुङले यो लगातार तेश्रो पकट अध्यक्ष पदभार सम्हालेका हुन्।
सहारा युकेले पोखराको सहारा क्लबद्वारा निमार्ण गर्न लागेको सहारा एकेडेमिको लागि बिभिन संघ संस्थाबाट आफूहरुको पहलमा करीब एक करोड रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ। सहारा युकेले यसपालीको आहा रारा गोल्ड कपमा समेत सहयोग गर्ने जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b