Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बलिउड हिरोइन मनिषा कोइरालालाई क्यान्सर

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ मंसिर। बलिउड अभिनेत्री मनिषा कोइरालालाई क्यान्सर भएपछि अस्पताल भर्ना गरिएको छ। सुरुमा फूड पोइजनले विरामी भएको आशंकामा अस्पताल भर्ना गरिएपनि परिक्षणपछि क्यान्सर भएको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ।

तस्विर: अनलाइन पत्रिकाहरु

उनी केही दिनअघि काठमाडौंमै थिइन्। बिरामी भएर विहोश भएपछि सुरुमा नर्भिक अस्पताल र त्यसपछि मुम्बई लगिएको थियो। मनिषाका साथ उनकी आमा शुष्मा छिन्। उनका पिता प्रकाश कोइराला र भाइ सिद्धार्थ समेत मुम्बई पुगेको जनाइएको छ।

पति सम्राट दाहालसंग सम्बन्ध विच्छेदको कुरा आइरहेको बेला उनलाई क्यान्सर भएको समाचार बाहिर आएको हो।

मनिषाको क्यान्सर वंशानुगत रोगबाट भएको अनुमान गरिएको छ। उनका परिवारमा बाजे बिपी कोइराला, केशव, तारणीप्रसाद र गिरिजाप्रसाद कोइरालाको क्यान्सरबाट मृत्यु भएको थियो।

सुभाष घईको फिल्म ‘सौदागर’बाट बलिउड प्रवेश गरेकी मनिषा विवाहपछि चलचित्र उद्योगबाट टाढिएपनि रामगोपाल बर्माको चलचित्र भूत रिटर्न्सबाट पुनः बलिउडमा फर्केकी थिइन्।

भिडियो:

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by