Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बादल बाहेक अर्को उमेदवार स्विकार्दैनौः बैद्य

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले भावी सहमतीय सरकारको प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादल बाहेक कसैलाई पनि स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लबले बुधवारबाट सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार ’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा बोल्दै उनले जातीय पहिचान र बर्गिय दृष्टिकोणबाट पनि महासचिव बादल उपयुक्त हुने तर्क गरे।

साक्षात्कारमा किरणले बादललाई प्रधानमन्त्री बनाउने विषय एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग कुराकानी भईसकेको र उहाँहरु सकारात्मक रहेको जानकारी दिदै अब काग्रेस सभापति सुशिल कोइरालासँग पनि कुरा गर्ने बताए।

संविधानका अन्र्तबस्तुमा सहमति नभएसम्म आफ्नो पार्टीले अरु कसैको नेतृत्वलाई कुनै पनि हालतमा स्वीकार गर्नै नसक्ने सो अवसरमा स्पष्ट पारे।

काग्रेस सभापति कोइरालाको नेतृत्वको विषयमा राखिएको जिज्ञासामा उनले काग्रेस सभापति सुशिल कोइराला मुलुकको त्यागी, ईमान्दार नेता भएको प्रतिकृया मात्र दिए।

ठूला तीन दलको झगडाकै कारण मुलुकमा समस्या आएकोले अहिले तीनै दल मिल्दैमा समस्याको समाधान हुनै नसक्ने ठोकुवा गर्दै बैद्यले आफूहरुलाई सहभागी नगराई गरिने कुनै पनि छलफल सहमतिमा नपुग्ने र पुगिहाले पनि आफूहरुलाई मान्य नहुने बताए।

उनले भने–हामी पनि जनयूद्ध लडेर आएका हौ। एउटा पक्षलाई काँखी च्यापेर संविधान बनाएर अघि बढे हामिलाई स्वीकार्य हुँदैन । हामी आन्दोलनमा जान्छौ।

लोकतान्त्रिक संविधान र गणतन्त्रको लागी मात्रै अर्को संविधानसभाको निर्वाचनको आवश्यकता नभएको भन्दै उनले अहिले नै विवाद मिलाएर संविधान जारी गरेर महासचिव बादललाई प्रधानमन्त्री बनाउनु पर्ने धारणा राखे। नभए मुलुकमा जे पनि हुन हुन सक्ने उनको चेतावनी थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by