Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ज्ञानु बाबाले बहिष्कार गर्ने

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १३ मंसिर । महिला भलिबलमा नेपाल कै सर्बाधिक सफल टिम पोखराको ज्ञानु बाबा विद्यालयले यस पटक राजधानीमा हुन गैरहेको आठौ ढोर पाटन महिला डबल लिग भलिबल प्रतियोगितामा सहभागी नहुने भएको छ।

गत बर्ष उपाधि जितेर पनि बलजफ्ती उपविजेता बनाइएको भन्दै दोश्रो पुरस्कार बहिस्कार गरेको ज्ञानु बाबाले सोही निर्णयको विरुद्धमा यस पटक सो प्रतियोगिता बहिष्कार गरेको हो।

ढोर पाटन स्पोर्ट्स ट्रेनिङ्ग सेन्टरको आयोजनामा हुँदै आएको ढोर पाटन महिला लिग नेपाल कै सर्बाधिक पुरस्कार राशीको महिला भलिबल प्रतियोगिता हो। उपाधि विजेताले दुई लाख ५० हजार रुपैया नगद पुरस्कार पाउछ।

यो प्रतियोगितामा पाँच पटकको विजेता ज्ञानु बाबा यस पटक आयोजकसंग रुष्ट भएकाले सहभागी नहुने विद्यालयका सस्थापक कृष्ण गुरुङ्गले जानकारी दिए। नियम विपरित आफुहरुलाई गत बर्ष उपविजेता बनाएकाले प्रतियोगिता बहिष्कार गर्न बाध्य भएको गुरुङ्गले बताए।

गत बर्षको लिगमा नेपाल प्रहरी र ज्ञानुबाबा दुवैको अंक बराबर भएको थियो। आयोजकको नियम अनुसार अंक बराबर भएमा लिगमा जुन टिमले धेरै सेट जितेको छ उसैलाई विजेता बनाउने उल्लेख छ। तर अन्तिममा आएर आयोजकले अंकका आधारमा भन्दै प्रहरीलाई विजेता घोषित गरेको थियो। आयोजकको सो निर्णय अस्वीकार गरेको ज्ञानुबाबाले उपविजेताको पुरस्कार बहिस्कार गरेको थियो।

तर त्यो निर्णय विरुद्ध ज्ञानुबाबाले राष्ट्रिय खेलकुद परिषद र नेपाल भलिबल संघमा कुनै लिखित उजुरी नदिएका कारण कानुनी कारवाही भएको छैन।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by