Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

साहित्यिक श्रृङ्खलाको निरन्तरता

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २७ नोभेम्बर। केही महिना यता हङकङमा सञ्चालन भइरहेको साहित्यिक श्रृङ्खलाले यस पटक पनि निरन्तरता पाएको छ।

कवि चन्द्रमादेन आन्छनको संयोजनमा गत आइतवार सम्पन्न सातौं साहित्यिक श्रृङ्खलामा झण्डै एक दर्जन कवि तथा कवयित्रीहरुले आफ्ना रचना वाचन गरे।

साहित्यिक श्रृङ्खलामा कविता तथा रचना वाचन गर्नेहरुमा पूर्णिमा शाह, दीपा एवाई, विष्णु ईङ्नाम, टोप बहादुर राई, त्रिभूवन लुङ्फुङ्वा, डि बी पालुङ्वा, पि एम थेवे र चन्द्र मादेन ‘आन्छन्’ थिए। उनीहरुले कार्यक्रममा देश प्रेम, जीवन जगत र प्रवासी डायस्पोरीक कविताहरू वाचन गरेका थिए।

त्यसैगरी, कार्यक्रममा अशोक राई, भूपेन्द्र चेम्जोङ, किन्दर राई,राजकुमार राई, आशिष साम्पाङ् महेश आदि साहित्यकार र साहित्यनुरागीहरूको उपस्थिति थियो। कार्यक्रममा वाचन भएका कविताहरूको समिक्षात्मक टिप्पणी गरिएको थियो।

प्रत्येक महिनाको अन्तिम आइतवार हुदै गरेको यस कार्यक्रमको अर्को श्रृङ्खलामा नारी साहित्य उत्थान र हङकङमा भएका श्रृजना सम्बन्धी छलफल गरिने संयोजक ‘आन्छन्’ले जनाएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by