Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पाँच जनालाई नइ खरा पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० फागुन । नइ प्रकाशनले विभिन्न क्षेत्रका ५ जनालाई २०६८ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

पुरस्कार संस्थापक खनूप्रुदे ‘रामबाबू’को उपस्थितिमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार पत्रकार, शिक्षासेवी तथा अक्षरशिरोमणि मदनमणि दीक्षितलाई एक लाख रुपिया राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ प्रदान गरिने भएको छ।

त्यसैगरी, साहित्यकार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका गणेशका नाउँले सुपरिचित पं.श्यामदास वैष्णवलाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

दृश्यविहीन भएर पनि सामाजिक जागरणमा समर्पित कुमार थापालाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा सुरभि पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

गीत गायन तथा समाजसेवामा मन, वचन र कर्मले जागरुक आनी छोइङ डोल्मालाई पच्चीस हजार रुपिया राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

प्रथम मिस तराई, मानवअधिकारकर्मी तथा पत्रकार प्रसून सिंहलाई पन्ध्र हजार रुपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ।

नइ प्रकाशन र दाता खनूप्रुदे ‘रामबाबू’को नाउँमा स्थापित यी पुरस्कार आगामी बैशाख २२ गते राजधानी काठमाडौंमा प्रदान गरिने जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by