Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

गोरखा स्मारकको शिलान्यास

गोरखा स्मारकको शिलान्यास
साल्मेडाँडा विश्वको पवित्र तिर्थस्थल घोषणा, विश्व सम्पदा सूचीमा राख्न माग

राजेश राई /एचकेनेपाल डट कम-
स्याङजा, १२ मसिर । गोरखा सैनिकहरुको सम्मान सम्झनामा बनाउँन लागिएको ‘गोरखा स्मारक’को शिलान्यास गरिएको छ। ब्रिटिस साम्राज्य विस्तार र रक्षाका क्रममा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सम्मानमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बनाउँन लागेको स्मारकको मगलबार शिलान्यास गरिएको हो।

तस्वीरहरुः राजेश राई /एचकेनेपाल डट कम

स्याङजाको फेदीखाला–८ स्थित साल्मेडाँडामा मंगलबार गेसोले गरेको बिशेष समारोहमा १८ जातिका धर्म गुरु र कन्याहरुले स्मारकको सामुहिक रुपमा शिलान्यास गरेका हुन्। ब्रिटिसका पक्षबाट लड्दा मारिएका १८ जातिका धर्मगुरु र कन्याहरुले बिशेष समारोहबीच स्मारकको शिलान्यास गरे।

गेसोले स्याङजाको फेदीखोला–८ स्थित साल्मेडाँडामा रहेको ३ सय रोपनी जग्गामा गोरखा स्मारक बनाउदैछ। दुई शताब्दी अघि देखि नेपाली युवाहरु ब्रिटिस सेनामा काम गदै आएका छन्। यसक्रममा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकहरुलाई बेलायती सरकारले वेवास्ता र अपमान गरेको गेसोको दाबी छ। मारिएका तिनै सैनिकको सम्मान र सम्झनामा स्मारक बनाईन लागिएको गेसोको सभापति पदमबहादुर गुरुङले बताए।

‘दुईवटा विश्वयुद्ध र बिभिन्न क्षेत्रीय युद्धहरुमा गरी ६० हजारभन्दा बढी गोरखा सैनिकहरु मारिएका छन् तर ब्रिटिस साम्राज्यले न तिनका परिवारलाई राहत नै दियो, न उनीहरुको सम्मानमा केही काम गर्यो’ गेसो सभापति गुरुङले भने, ‘उनीहरुको सम्मान र सम्झनामा स्मारक बनाउँन लागेका हौं।’

यसैविच, १८ वटै जातिका धर्मगुरु र कन्याहरुले गोरखा स्मारक निर्माणस्थल स्याङजाको फेदीखोला–८ स्थित साल्मेडाँडालाई विश्वको तिर्थस्थल घोषणा गरेको छ।

ब्रिटिसको पक्षबाट लड्दा गुरुङ, मगर, राई, लिम्बू, पुन शेर्पा, हाल्मो नेवार, तामाङ, बाहुन, क्षेत्री, दलित, याक्खा, भुजेल, थकाली, ठकुरी, दुरा गरी १८ जातका धर्म गुरु र कन्याहरुद्वारा घोषणा पत्र जारी गरेर पवित्र तिर्थस्थल घोषणा गर्न माग गरेको हो।

‘विश्व शान्तिका लागि ब्रिटिस साम्राज्यको पक्षबाट लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सम्झना र सम्मानमा बनाउन लागिएको ‘गोरखा स्मारक’ निर्माणस्थल स्याङ्जाको फेदीखोला–८ साल्मेडाँडामा रहेको तीन सय रोपनी जग्गालाई विश्वको पवित्र तीर्थस्थल घोषणा गरेका छौ’ विज्ञप्तीमा भनिएको छ, ‘यो भूमिलाई भविष्यमा विश्व सम्पदा सूचीमा राख्नका लागि हामी सम्बन्धित सबैमा माग गर्दछौं।’

यो पनि पढ्नुहोस्ः ६० हजारभन्दा बढी गोरखा सैनिकहरुको सामुहिक किरिया

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by