Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गरः नागरिक समाज

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ मंसिर। स्वतन्त्र चेतनशील नागरिक समाजले संविधानसभाको निष्पक्ष निर्वाचनको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्नु पर्ने माग गरेको छ। यसका लागि संविधानसभा पुनःस्थापना गरेर अघि बढ्नु पर्ने उसको धारणा छ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समाजले संसद विघटन भएपछि दलहरुबीचमा सत्ता र भत्ताको भाग बण्डा मिल्न नसक्दा मुलुक गृहयुद्धको भूमरिमा फस्दै गएको आरोप लगाउँदैे अबको निकास संसद पुनःस्थापनले नै उत्तम विकल्प हुने दावी गरेको हो।

समाजले अबका दिनमा पनि राजनीतिक दलहरुबाट निकास निस्कन नसक्ने दावी गर्दै राष्ट्रपति कदम स्वागतयोग्य भए पनि यसले पनि निकास ननिस्कने ठोकुवा गरे।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि डा. सुरेन्द्र केसीले दलहरुले मुलुकलाई असफल राष्ट्रतिर धकेल्दै गएको आरोप लगाए। राष्ट्रपतिले दिएको समयसीमाभित्र पनि दलहरुले समाधान निकाल्न नसक्ने दावी गर्दै उनले भने– समस्या समाधानका लागि स्वतन्त्र नागरिकको नेतृत्वमा नयाँ चुनावी सरकार निर्णाण गर्नुपर्छ।

समाजका अध्यक्ष राजमान शाक्यले जनताले राजनीतिक दलहरुका नेताहरुबाट निकास ननिस्कने दावी गरे। उनले भने– मुलुकको समस्या समाधान स्वतन्त्र चेतनशील नागरिक समाजको तर्फबाट सबै दलहरुलाई मान्य हुने स्वतन्त्र सरकार गठन गर्नुपर्छ।

उपाध्यक्ष बलबहादुर बस्यालले भने– संसद पुनःस्थापना गरी ६०१ सभासदहरुलाई काम गर्न दिनुपर्छ होईन भने स्वतन्त्र चेतनशील नागरिक समाजले ४ वर्षको तलब भत्तासहित क्षतिपूर्तिको माग्ने छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by