दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ९ मंसिर। सहारा हङकङ गठनसंगै सहारा एकेडेमिको भवन निमार्णको लागि सहयोग प्राप्त भएको छ।
हालै मात्र गठन भएको सहारा हङकङले सहारा क्लबलाई शनिबार एक समारोहका बीच सहारा एकेडेमिको सहयोगार्थ एक लाख ७० हजार रुपैया हस्तान्तरण गरेको हो।
सहारा हङकङका सचिव खमबहादुर गुरुङले सहारा क्लबका अध्यक्ष विक्रम थकालीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। उक्त रकममध्ये सविच खम गुरुङले २० हजार, ११ जना सहारा हङकङका पदाधिकारीबाट जनहि १०÷१० हजार र अन्य व्यतिmहरुबाट ४० हजार गरी रकम सहारा हङकङ गठन हुनु पूर्व संकलन भएको सचिव गुरुङले बताए।
गुरुङले सहारा एकेडेमिको लागि आफूहरुले हङकङमा सहयोग संकलन कार्यलाई जारी राखेको बताउदै आगामी दिनमा निरन्तर सहयोग गर्ने वचन दिए।
हाल हङकङमा रहेर १० हजार भन्दा बढी सहयोग गर्नेहरुमा तनहूँ दुलेडौडाका गुमनसिंह गुरुङ, कमनसिंह गुरुङ, लमजुङ गिलुङका विजय गुरुङ, युवराज गुरुङ, पोखरा नयाँबजारका देव गुरुङ, लमजुङका कमलराज गुरुङ, पोखरा रामबजारका चन्द्रप्रसाद गुरुङ, अम्मरसिंहचोकका राजकुमार गुरुङ, भैरहवाका कृष्ण थापा, पोखरा रक्षामार्गका सरीता गुरुङ र पर्वत भुक देउरालीका गौरव गुरुङ रहेका छन्।
क्लबका अध्यक्ष विक्रम थकालीले पोखरा १७ दोविल्लामा बिभिन्न व्यतिm तथा संघ संस्थाहरुको सहयोगबाट करीब १ करोड २७ लाखमा सहारा एकेडेमि भवन निर्माण भएको बताउदै अझै धेरै भौतिक निमार्णको लागि आर्थिक सहयोग आवश्यक भएको बताए।
क्लबका वरिष्ठ उपाध्यक्ष वीरभद्र आचार्यले पोखरा बसपार्कबाट गठन भएको क्लब हाल बेलायत, हङकङ हुदै व्यापकरुपमा अन्तर्राष्ट्रियकरण हुदै गएकोमा खुसि व्यतm गरे। क्लबका महासचिव केशवबहादुर थापाले हङकङ गठन हुनु पूर्व हङकङबाट यस अघि नै ८ लाख भन्दा बढी रकम सहारा एकेडेमिको भवन निमार्णको लागि प्राप्त भएको बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b