Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ९ मंसिर । नइ प्रकाशनले १५ बर्ष मुनीका नौ कन्यालाई २०६९ सालको ुनइ देरुनिखपू पुरस्कारु प्रदान गरेको छ।

विभिन्न बिधामा प्रतिष्ठा आर्जन गरेका नौ कन्यालाई आइतवार नेपाली साहित्यको विश्व नारी रत्न डा. वानीरा गिरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री र पुरस्कार संस्थापक तथा दाता खनूपरुदे रामबाबु प्रसाईले संयुक्त रूपमा सो पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कृत हुनेहरूमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठकुन्ना र बहुआयमिकतर्फ आर्या पोखरेल छन्। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन्।

यसैगरी, नइ देरूनिखपू कोपिला पुरस्कार गायनमा सुदृष्टि राई र नृत्यमा डेचेन लामालाई प्रदान गरिएको छ। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन्।

ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ देरूनिखपू चिचिला पुरस्कार अग्रिया सिंहलाई प्रदान गरिएको छ। साढे तीन वर्षकी सिंहलाई नृत्यतर्फ यो पुरस्कार प्रदान गरिएको हो।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा प्रमुख अतिथि डा.वानीरा गिरी, विशिष्ट अतिथि गीता खत्री, दाता खनूपरुदे रामबाबु प्रसाई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गरेका थिए।

समारोहमा पुरस्कृत प्रतिभाद्वारा गायन र नृत्य कला प्रदर्शन भएको थियो। नइ प्रकाशनले हरेक साल देशदेशान्तरका २५ जना प्रतिभालाई एघार लाख रुपियाँ राशिका पुरस्कार प्रदान गर्दै आइरहेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by