Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

झडपपछि धरान तनावग्रष्त

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, ९ मंसिर। प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ सुनसरी प्रधानमन्त्रिको पुत्ला दहन गर्ने क्रममा प्रहरीले विद्यार्थीमाथि लाठी प्रहार गरेपछि धरान तनावग्रस्त बनेको छ।

भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

पुत्ला जलाइसकेपछि प्रहरी र व्द्यिार्थीबिच सामान्य घम्साघस्सी भइरहको अवस्थामा शसस्त्र प्रहरीका एक जवानले नेविसंघ सुनसरीका सभापति वसन्त राईको टाउकोमाथि लाठी पहार गरेपछि धरानको भानु चौक तनाव ग्रस्त वनेको थियो।

धरानको छाताचोकबाट ¥यालीसहित भानुचौकमा पुगी प्रधानमन्त्री भट्टराईको पुत्ला दहनका क्रममा सशस्त्र प्रहरीका एक जवानले नेविसघ सुनसरीका राईको टाउकोमाथि लाठी पहार गरेपछि आक्रोशित विद्यार्थीहरुले सवारी आवागमनमा रोक लगाउनुका साथै प्रहरी प्रशासनको चर्को विरोध गर्दै नाराबाजी समेत गरेका थिए। सो क्रममा प्रहरी विद्यार्थीबीच केही बेर तनाव समेत भएको थियो।

प्रहरीको लाठी चार्जबाट सभापति राईको टाउकोमा गम्भीर चोट लागेको छ। शान्तिपूर्ण विरोध कार्यक्रमलाई विथोलेको भन्देै उनीहरुले प्रहरी दमनको चर्को विरोध गरेका छन्।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेप निरंकुशवादी भएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव विकास आचार्यले बताए। उनले यसको विरोधमा सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिए।

आफ्ना सभापतिमाथि सामान्य अवस्थामा समेत सशस्त्रका जवानले लाठी प्रहार गरेर माहोल भड्काउन खोजेकोले लाठी प्रहार गर्ने प्रहरीले सार्वजनिक रुपमा माफी नमागे सम्मलाई धरान वन्द गर्ने संघका उपाध्यक्ष प्रमकुमार राईले चेतावनी दिए।

उनीहरुले निरकुंश सरकारको निरकुशता प्रदर्शन गरेको भन्दै लाठी चार्ज गर्ने प्रहरीलाई कारबाहीको माग समेत गरेका छन्। उनीहरुले दोषीलाई कारबाही नभए भोलिदेखि कडा आन्दोलनमा जाने चेतावनी समेत दिए। उनीहरुले लोकतन्त्रमा दमनकारी नीति जायज नभएको भन्दै भट्टराई सरकारले राजीनामा दिई सहमतिको सरकार नगरे यो भन्दा कडा आन्दोलन चर्काउने चेतावनी समेत दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by