Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हरिबोधनी एकादशी पर्व मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ मंसिर। हिन्दु धर्मावलम्बीहरू आज भगवान् विष्णुको पूजाअर्चना तथा व्रत अनुष्ठान गरी हरिबोधनी एकादशी पर्व मनाउँदैछन्।

पौराणिक कथनअनुसार मुर नामक दैत्यको आतङ्कबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान् विष्णुले ठूलो संघर्ष गर्नुपरेको र त्यस संघर्षमा भएको थकाइ मेट्न बद्री आश्रमस्थित हेमवती गुफामा गई शयन गरिरहेको अवस्थामा विष्णुका शरीरबाट एक सुन्दर कन्या उत्पन्न भइन्।

तिनै कन्याको हातबाट मारिएको मुर दैत्य जमिनमा बज्रिँदा भगवान् विष्णु शयनबाट बिउँझिनुभएको सम्झनास्वरूप आजको दिनलाई हरिबोधनी एकादशी भनिएको हो।

त्यस्तै आषाढ शुक्ल एकादशीको हरिशयनी एकादशीदेखि आज हरिबोधनी एकादशीका दिनसम्म चार महिना भगवान् विष्णु शेषनागमा शयन गर्नुहुने भएकाले यस अवधिमा गरिएको चतुर्मास व्रतको अनुष्ठान आजकै दिनदेखि समाप्त हुन्छ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेषरूपले पूजा गरी विवाह गरिदिने पनि चलन छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by