Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोलोराडोमा देवकोटाजयन्ती

एचकेनेपाल डट कम संवाददाता-
कोलोराडो। अनेसास कोलोराडोले महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका साथै आचार्य प्रभाको गजल संग्रह ‘असह्य चित्कार’ विमोचन गरेको छ।

सोही कार्यक्रममा च्याप्टरको नयाँ कार्यकारीणी समितीका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेको छ। तीन चरणमा बाँडिएको कार्यक्रमको संचालन अनेसास कोलोराडो च्याप्टरका निबर्तमान उपाध्यक्ष केशब आचार्यले र कार्यक्रमको अध्यक्षता पदम विश्वकर्माले गरेका थिए।

तस्विरहरुः प्राप्ति शर्मा /एचकेनेपाल डट कम

कार्यक्रमको प्रमुख अतिथिमा बरिष्ठ गजलकार तथा कथाकार मनु ब्राजाकी, अतिथिहरुमा भूपू केन्द्रिय अध्यक्ष तथा सल्लाहकार ज्ञानेन्द्र गदाल, रक्की माउन्टेनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, बरिष्ठ गायिका मीरा राणा, सदस्य बोर्ड अफ ट्रष्ट्री डा.बिजय राज शर्मा थिए।

देवकोटालाई सम्झने क्रममा गायिका मीरा राणा र गायक तथा वाध्य बादक मनोज तुलाधारले देवकोटाद्वारा रचित ‘इश्वर तैंले रचेर फेरि कसरी बिगारिस्’ बोलको गीत गाएका थिए।

तारा अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा रक्किमाउन्टैनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र डा. बिजयराज शर्माले देवकोटाप्रति श्रद्धाञ्जलि मन्तव्य गरेका थिए।

कार्यक्रमको दोश्रो चरणमा वरिष्ठ गजलकार ब्राजाकीले आचार्य प्रभाद्वारा संग्रहित गजल संग्रह ‘असह्य चित्कार’को बिमोचन गरेका थिए। आचार्य प्रभाले आफ्नो गजल संग्रहबारे केही मन्तव्य व्यक्त गरेकी थिइन्।

सोही क्रममा प्रमुख निर्वाचन आयुक्त रत्न भण्डारीले नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गरेका थिए। नियुक्त पदहरुमा अध्यक्ष आचार्य प्रभा, उपाध्यक्ष राजु सिटौला, महासचिव कपिलदेव सुबेदी र कोषाध्यक्षमा सम्झना आचार्य रहेका छन्।

कार्यक्रमको तेश्रो चरणमा साहित्यनुरागी तथा लेखकहरुबाट मन्तब्य र रचना बाचन गरेका थिए। कार्यक्रममा डा.बिजय राज शर्मा, प्रमिला शर्मा, निर्मला शर्मा, साबु गदाल, तारा अधिकारी, सम्झना आचार्य, कुमारजंग कार्की, भिष्म प्रधान, कपिलदेव सुबेदी, ज्ञानेन्द्र गदाल, मनु ब्राजाकी, पदम विश्वकर्मा, प्रेम श्रेष्ठ, भूपेन्द्र महत, सरगम गदाल, श्रीराम लुइंटेल, आचार्य प्रभालगायत कविता वाचन गरेका थिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by