एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ८ मंसिर । क्यासिनो अन्नाका ५३ प्रतिशत सेयरधारी कल्पदिप राईलाई अदालतले समेत अबैधानिक भनेर फैसला सुनाएका तप्त बहादुर विष्टको समूहले आक्रमणको प्रयास गरेको छ।
अन्ना क्यासिनोको कमलपोखरी स्थित कर्पोरेट अफिसमा रहेको बेला विष्टका गुण्डाहरु कृष्णानन्द भट्ट, गोपाल राई, भवानी ढगुन्ना, सुमन डंगोल, रवीन ठकुरी, आशिष खड्का, सुमन घले, विकास डंगोल र मुटु भनेर चिनिने ब्यक्तिको समूहले अकस्मात आएर आक्रमणको प्रयास गरेको रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राई र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष नानिकाजी बस्नेतले जानकारी दिए।
विष्टले पठाएका गुण्डाहरुको समूहले क्यासिनोमै काम गर्ने डिलबहादुर बानियाँ, किरण शाही, रुपक बुढाथोकी र अनिल बानियालाई मरणाशन्न हुने गरी कुटपिट गरेका थिए। उनीहरुको हाल हिमाल नसिंङ होममा उपचार भईरहेको छ। घाईते मध्ये अनिल बानीयाँलाई भने कमल पोखरीबाट अपहरण गरेर क्यासिनो अन्ना परिषरमै लगी कुटपिट गरेका थिए। घटनामा क्यासिनौ कै कर्मचारी विवेक रानाभाटलाई भने आक्रमणकारीहरुले अपहरण गरी लगेका छन्। आक्रमणकारीहरु करिब २० जनाको संख्यामा आएका थिए।
आक्रमणकारीहरु क्यासिनो अन्नाकै दुई वटा माईक्रोबस र एउटा स्कुटरमा चढेर आएका थिए। उनीहरु बा ४ च ७१४१ र ७१४० नम्बरको माईक्रोबस र बा ३० प ३८१ नम्बरको स्कुटरमा चढेर आएको पत्रकार सम्मेलनमा जानकारी दिईयो।
क्यासिनो अन्नाको ५३ प्रतिशत सेयर किनेका राईलाई पुराना अध्यक्ष विष्टले नयाँ अध्यक्षको रुपमा स्विकार नगरी पटक पटक आक्रमण गरेर क्यासिनो आफ्नो नियन्त्रणमा राख्दै आएका थिए। विष्टलाई महानगरिय प्रहरी परिषर हनुमान ढोका र महानगरिय प्रहरी प्रभाग दरवार मार्गले सहयोग गरेकोले पनि राईले करिब ८ महिना देखि लगानी गरे पनि काम गर्न पाएका छैन।
स्वामित्व र नेतृत्वको विवादमा कम्पनी रजिष्टारको कार्यालयले असोज २९ गते र पुनरावेदन अदालतले असोज १० गते आधिकारिक अध्यक्ष राईनै रहेको फैसला गरे पनि त्यसलाई स्विकार नगरी विष्ट समूहले प्रहरीको आडमा आफ्नो कब्जा जमाउँदै आएको पत्रकार सम्मेलनमा गुनासो गरियो।
पीडितहरुले यसअघिनै गृहमन्त्रालय ,प्रहरी परिषर हनुमानढोक, जिल्ला प्रशासन कार्यालय, प्रहरी आयूक्तको कार्यालयमा शान्ति सुरक्षाको लागी निवेदन दिएको अवस्थामा आक्रमण भएको हो। राईका अनुसार प्रहरी महानिरिक्षक कुवेर सिह रानाले समेत हनुमान ढोका प्रहरीलाई शान्ति सुरक्षाकोलागी निर्देशन दिएका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b