Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

शैक्षिक सुनिश्चितता भएको प्रथम जिल्ला मुस्ताङ

सुमन पुन /एचकेनेपाल डट कम-
जोमसोम, ७ मंसिर । समुन्नत समाज, परिस्कृत शिक्षा विकासको आधार भन्ने मूल नाराका साथ प्राथामिक विद्यालय (उमेर ५ देखि ९ बर्ष समूहका सबै) बालबालिकाहरुलाईविद्यालय शिक्षाकोअवसरबाट सुनिश्चितता भएको भन्दै मुस्ताङ जिल्लालाई नेपालमै पहिलो जिल्लाको रुपमा घोषणा गरिएको छ।

जिल्ला शिक्षा कार्यालय मुस्ताङ जिल्लाका १६ वटै गाविसका बालिबालिका विद्यालयको पहुँचमा रहेको भन्दै बुधबार मुस्ताङको सदरमुकाम जोमसोममा एक समारोहका विच जिल्लालाई नै शैक्षिक सुनिश्चितता भएको घोषणा गरिएको हो।

तस्विरहरुः सुमन पुन /एचकेनेपाल डट कम

शिक्षा मन्त्रि दिनानाथ शर्माले एक समारोह विच नेपालमै पहिलो शक्षिक सुनिश्चितता भएको घोषणा कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा बोल्दै शर्माले नेपालबाट आगामी स्न २०१८ भित्र निरक्षरता उन्मुलन घोषणा गर्ने तयारी सरकाले गरेको शिक्षा मिन्त्री शर्मालले बताए।

जिल्ला शिक्षा कार्यालय मुस्ताङले अयोजना गरेको प्राबि तहका बालबालिकाको शिक्षामा सुनिश्चतता घोषणा कार्यक्रममा बोल्दै शिक्षामन्त्री शर्माले सबै नागरीकलाई साक्षर र विद्यालय उमेरका बालबालिकाको पहुँचमा अनिवार्य शिक्षाको व्यवस्था गरेर निरक्षता उन्मूलन घोषणा गर्न लागिएको बताए। सबैको पहुचमा शिक्षा पुग्ने गरि सक्रिय भएर काम गर्नशिक्षक, अभिभाबक र शिक्षा कार्यालयका कर्मचारीहरुलाई समेत निर्देशन दिए।

शिक्षा मन्त्रालयले एक निर्वाचन क्षेत्र बराबर २४ लाख भौतिक पूर्वधार निर्माण गर्न दिदै आएको अनुदानले समग्र क्षेत्रमा त्यसको न्यायोचित वितरण नभएको भन्दै मुस्ताङ जस्तो भौगोलिक विविधताले गर्दा दुगर्म क्षेत्रलाई सरकारले थप अुनदान प्रदान गर्न सरकार लागेको स्पष्ट पारे।

एक फरक प्रसंगमा बाध्यात्मक परिस्थितिमा सरकारले ल्याएको बजेट स्वीकार गरेर राष्ट्रपतिले आम नेपाली अविभावहको रुपमा प्रमाणित गरेकोमा खुशी समेत व्यक्त गरे।

कार्यक्रममा शिक्षा विभागका निर्देशक टेकनाराण पाण्डेले शैक्षिक सुनिश्चितता भएको घोषणा संगै मुस्ताङ जिल्लालाई निरक्षरताको जिल्लाको रुपमा पनि घोषणा गनुपर्नेमा जोड दिए। उनलेमुस्ताङ जिल्लाकोविशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखी शिक्षा मन्त्रालयले छुट्टै प्रकारको नीति अवलम्बन गर्नेप्रतिबद्धता समेत जनाए।

कार्यक्रममा पूर्व मन्त्रि रोमियो गौचन, निवर्तमान सभासद् विरेन्द्र ज्वारचन र चन्द्रबहादुर गुरुङले जिल्लाको समग्र बस्तुस्थिती र सूचनाका आधारमा यस जिल्लालाई नेपालकै प्राथमिक शिक्षाको अवसर सुनिश्चि भएको प्रथम नमुना जिल्लाको रुपमा पहिचान गराउन पाउंदा खुशी व्यक्त गदै जिल्लामा अझै सम्म उच्च शिक्षा हासिल गर्ने क्याम्पस नभएकोले त्यसतर्फ पहल गरिदिनको लागि शिक्षा मन्त्रि र शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन्।

मंसिर ६ गते “प्राथमिक बिद्यालय (५ देखि ९ बर्षको उमेर समूहका) बालबालिकाहको लागि शैक्षिक सुनिश्चता भएको नेपालको प्रथम जिल्ला पुरा तयारी तथा आवश्यक तथ्याङकको आधारमा घोषणा गर्न लागिएको जिल्ला शिक्षा कार्यालयका उप सचिव रामप्रसाद आचार्यले पौडेलले बताए। प्रत्येक विद्यालयबाट शक्षिक सत्रको सुरुदेखि नै विद्यालय भर्ना तथा स्वागत कार्यक्रमममा घरदैलोतथा विद्यार्थी खोज अभियान सञ्चालन गरि जिल्लाको खुद भर्नादर ९३.७७ पुगेको थोकुवा गरे। उनले ‘हामीले भर्ना अभियानलाई खुल्ला राखेका छा, कोहि कतै छुटेको भए घोषणाले थप सहयोग पुग्ने छ।

सदरमुकाम आसपास बाहेक बिकट बस्तीहरुमा शिक्षक बढिमा ४ महिना बिद्यालय जाने गरेका प्रसस्तै उदाहरण हुंदा हुदै कसरी शैशिक सुनिश्चतता भएको मान्ने भन्दै कागबेनी ढार्काजुङका रिनझिन् नामग्याल गुरुङले प्रश्न गरे। कागबेनीको हिमाली प्राबि रहेको बिकट साङतामा अहिले सम्म पनि स्रोतब्यक्ति नपुगेको बताउदै हचुवाका तालमा शिक्षा कार्यालयले काम गरिरहेका छ उनले भने, “हामी धेरै मजदुर गरिब दलितका छोराछोरी आर्थिक अभावका कारण विद्यालयमा नगएको देखेका छौं।”

एक गिलास पानी खान पनि नोकर चाकर चाहिनेहरुका घरमा बस्ने बालबालिकाहरुको अवस्थाको बारेमा कसैले पनि अध्ययन र निष्कर्ष निकाल्ने हिम्मत गरेका छैनन्। यो कार्यक्रम शिक्षा मन्त्री शिक्षा मन्त्रालय शिक्षा बिभागका वरिष्ठ कर्मचारीहरुलाई मुस्ताङ घुम्नका लागि बातावरण सृजना गर्न र जिल्ला शिक्षा कार्यालय मुस्ताङले मन्त्रालय र बिभाग सहित मन्त्रीलाई चाप्लुसी गर्नका लागि सुनौलौ मौका मिलाइएको हो भनि बताछन् अखिल नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्ष हिरामणी हिमाली।

जिल्ला शिक्षा कार्यालयले प्राथमिक शिक्षाको अवसर सुनिश्चि भएको बताए पनि बिगत ४ बर्ष देखि कागबेनी गाबिस वडा नं. ६ पाङलिङमा बस्दै आएकी रुकुमकी ९ बर्ष मुनीकी शर्मिला मल्ल र डोल्पा घर भै बिगत २ बर्ष देखि वडा नम्वर ८ मा बस्दै आएकी ९ वर्षीया बालिका शोभा थापा, वडा नम्वर ८ मा बस्दै आएकी घमीको दार्काजुङकी ९ बर्ष मुनीकी ढोमा गुरुङ विद्यालयबाट जान बञ्चित छन्।

कार्यक्रममा बोल्ने बक्ताहरुले मुस्ताङ जिल्ला नेपालकै प्राथामिक शिक्षाको अवसर सुनिश्चित भएको प्रथम नमूना जिल्लाको रुपमा घोषणा भएतापनि कागजी रुपमा भन्दा व्यवाहारिक रुपमै कार्यान्वयन गर्न सबै पक्षकको सहयोग हुनुपर्नेमा जोड दिदैयस गरिमामयलाई कालान्तरसम्म टिकाई राख्ननुपर्नेबताए।

शैक्षिक सुनिश्चता सम्बन्धि १३ बुंदे प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको कार्यक्रमको नि.स्थानीय विकास अधिकारी केदारसिङ थापाको अध्यक्षतामा र स्वागत जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by