एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ६ बुधवार। मुम्बई आक्रमणका दोषी पाकिस्तानी नागरिक अजमल कसाबलाई बुधबार बिहान फाँसी दिइएको छ।
उनलाई भारतीय समय अनुसार साढे ७ मा पुणेको यरवडा जेलमा फाँसी दिइएको समाचार एजेन्सीहरुले बताएका छन्।
सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बई हमलामा १ सय ६६ जनाको ज्यान गएको थियो। घटनापछि एक मात्र जीवित पक्राउ परेका कसावलाई ४ वर्षपछि मृत्युदण्ड दिइएको हो। उनीसहित आएका ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुई महिनाअघि जीवन रक्षाका लागि सजायँ माफी माग्न दिएको निवेदन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अस्वीकार गरेका थिए।
फोटोः अनलाइन पत्रिकाहरु
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b