Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दिलशोभा र पुष्पालाई एनआरएन आयरल्याण्डको सहयोग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ मंसिर । आयारल्याण्डमा बस्ने नेपालीहरुले समाजसेवी दिलशोभा श्रेष्ठ र पुष्पा बस्नेतलाई आर्थिक सहयोग गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित कार्यक्रममा नेपाली काग्रेसका नेता अर्जुन नरसिह केसीले एनआरएन आयरल्याण्डको तर्फबाट प्राप्त रकमको चेक हस्तान्तरण गरेका थिए। आमा घर नेपाल सञ्चालन गरेकी दिलसोभलाई २ लाख ५० हजार र प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गरकी सीएनन हिरोमा मनोनित पुष्पा बस्नेतलाई १ लाख रुपैया हस्तान्तरण गरिएको थियो।

श्रेष्ठले आमा घर नेपालमा असहाय बृद्ध बृद्धालाई संरक्षण गरेर राखेकी छिन् भने बस्नेतले जेल जीवन विताईरहेका बाबुआमाका सन्तानलाई आश्रय दिएर अध्ययन अध्यापन गराउने गर्छिन्।

रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अथिति काग्रेस नेता केसीले नेपालीहरु संसारको जुन सुकै कुनामा बसे पनि नेपालीको मन नेपालमै हुने भन्दै नेपालमा उदाहरणीय काम गरिरहेका दिलसोभा र पुष्पा जस्तालाई सबैले सहयोग गर्नु पर्ने बताए।

बाल र बृद्ध अवस्थामा रहेकालाई समाजमा प्राकृतिक रुपमै सबै भन्दा बढी सहयोगको आवश्यकता रहनेमा आयरल्याण्डका नेपालीले बाल र बृद्धको क्षेत्रमा उदाहरणीय काम गर्ने संस्थालाई सहयोग गर्नु प्रशंसनीय काम भएको धारणा राखे।

केसीले मनलाई समाजसेवामा लगाउन सबैसँग आग्रह गर्दै परोपकार नै धर्म भएको बताए। उनले सिएनएन हिरोमा मनोनित पुष्पा बस्नेतलाई सफताको कामना गर्दै विश्वभरी छरिएर रहेका नेपालीलाई फेरि मातृभूमिको ईज्जत बढाउन गोलबन्द हुन आब्हान गरे।

आर्थिक सहयोग पाएकी आमा नेपालकी दिलसोभा श्रेष्ठले मरेपछि बृद्ध बृद्धको श्राद्ध नभई जिउँदैमा खुसी बाड्नु पर्ने धारणा राख्दै राजनीतिमा लडाई होईन मायाँको संस्कृतिको विकास गर्न आब्हान गरिन्। उनले कुर्सीको मात्र लडाईमा नअल्झि मुलुकको विकासमा केन्द्रीत हुन समेत राजनेताहरुलाई सुझाव दिईन्।
पुष्पा बस्नेतले मरेर लानु केही छैन भन्दै मुलुकले आफूलाई के दियो भन्दा पनि आफूले मुलुकलाई के दिए भन्ने कुरालाई मनन गरेर अगाडि बढ्न आब्हान गरिन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by