Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नयाँ बेलायती गोर्खा सैनिकको तालिम सुरू

एचकेनेपाल डट कम संवाददाता-
बेलायत, १९ फागुन । गत जनवरीमा भर्ती भएका बेलायती गोर्खा सैनिकहरूको तालिम क्याटरिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा हालै सुरू भएको छ।

बेलायती सेनामा भर्ती हुन हरेक वर्ष नेपालका विभिन्न भागहरूबाट ११ हजारभन्दा बढी युवाहरू आफ्नो भाग्यको परीक्षा दिने गर्छन्। बेलायती सेनामा भर्ती हुन पाउनुलाई भाग्य, गर्व र गौरव ठान्ने युवाहरूमध्ये १७६ जनाले मात्र प्रवेशको अवसर पाउंछन्।

ब्रिटिस लाहुरेलाई इज्जत र प्रतिष्ठाका रूपमा हेरिने संस्कारबाट हुर्केका अधिकांश युवाहरू सैनिक परिवेश र पृष्टभूमिबाट आएका हुन्।

३७ हप्ता कडा तालिम पुरा गर्नुपर्ने उनीहरूले पहिलो सैन्य जीवनको अनुभवलाई नौलो,रोमाञ्चक र चुनौतीपूर्ण बताउंछन्।

हेर्नुहोस भिडियोः

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by