सोदिप थोप्रा लिम्बू /एचकेनेपाल डट कम-
आशफोर्ड , केन्ट युके। नेपालीहरुको महान चाड तिहारको शुभ अबसरमा बिगतमा झैं गत शनिबारका दिन आशफोर्डवासी नेपालीहरुको साझा संस्था सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले स्थानीय फर्ली हलमा देउसी भैलो २०१२ भब्यताका साथ सम्पन्न गरेको छ।
नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै विदेशमा हुर्किएर आफ्नो संस्कृति र परम्पराबाट टाढा रहेका नानीहरुलाई बुझाउँदै लैजाने साथै चाडवाडको समयमा आफ्ना सदस्यहरुलाई पनि आफ्नै गाउँ ठाउंमा भएको आभास दिलाउने उदेश्यले यस कार्यक्रममा साँस्कृतिक कार्यक्रमको साथ साथै अन्य कार्यक्रम भन्दा पृथक बिबिध मनोरन्जात्मक खेलहरु पनि समाबेश गरिएको थियो।
समाजका सचिब शोभराज गुरुङले संचालन गरेको कार्यक्रमका प्रमुख अथिति समाजका संस्थापक अध्यक्ष श्री प्रसाद साम्यु लिम्बूले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आशफोर्ड शाखाका अध्यक्ष रै प्रसाद चोङ्गबाङ, किरात राई यायोख्खा आशफोर्ड शाखाका अध्यक्ष प्रश्न राई, सचिब ध्यान बहादुर राई, शेर्पा किदुगका अध्यक्ष निमा शेर्पा, गुरुङ समाज केन्टका उपाध्यक्ष लोक गुरुङ, सल्लाहकार युबराज गुरुङ, मगर एसोसिएसन केन्टका सचिब उतर मगर, छन्त्याल समाज युकेका अध्यक्ष तुल छन्त्याल, आशफोर्ड शाखाका अध्यक्ष का प्रसाद छन्त्याल, भोजपुरे समाजका अध्यक्ष फुर्बा शेर्पा, डि एण्ड जीका प्रोप्राइटर धन लिम्बू र भेराइटी क्यास एण्ड क्यारी तथा नमुना रेस्टुरेन्टका प्रोप्राइटर चेत गुरुङलगायत अतिथिका रुपमा उपस्थित भएका थिए। यसबाहेक स्थानीय विशिष्ट व्यक्तिहरु साथै विभिन्न संघ संस्थाका महानुभावहरु पनि कार्यक्रममा उपस्थित भएका थिए। समाजका तर्फबाट अध्यक्ष पोपिराज राईले प्रमुख अतिथि तथा अतिथिहरुलाई खादा ओढाई सम्मान गरेका थिए।
आशफोर्डवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष पोपिराज राईले उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरुलाई कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै धन्यबाद दिएका थिए भने दिल सम्बाहाम्फे र उनको टिमले मादलको साथमा देउसी भट्याउंदा हलमा उपस्थित सबैलाई गाउँ घरको झ-झल्को आएको थियो।
कार्यक्रममा प्रिती मादेनको नृत्यले थप मनोरंजन प्रदान गरेको थियो भने डिजे बिसी राईले उपस्थित सम्पूर्णलाई रातको ११ बजेसम्म नचाएका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b