एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ मंसिर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापड हान्ने युवक पदम कुँवरलाई सात दिन थुनामा राख्ने भएको छ।
प्रचण्डलाई झापड हानेपछि माओवादी कार्यकर्ताहरुद्वारा निर्मतापूर्वक कुटिएका कुँवरलाई अस्पतालबाट डिस्चार्ज गरेलगत्तै थुनामा राख्न आदेश दिइएको हो।
बाग्लुङका कुँवर बीरेन्द्र प्रहरी अस्पतालबाट सोमवार डिस्चार्ज हुदैछन्। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले कुँवरलाई सात दिन थुनामा राख्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएको जानकारी दिए।
यो पनि हेर्नुहोस्:
प्रचण्डलाई झापड, झापड हान्नेलाई यसरी बचाइयो
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b