Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सत्य घटनामा आधारित चलचित्र ‘निशानी’

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २ मंसिर । विनोद सेरेङ्गको लेखन तथा निर्देशनमा नेपाली कथानक निशानी निर्माण भइरहेको छ।

सन् १९९९ मा भएको खालुवार (कारगिल) युद्धमा गोर्खा फौजले देखाएको बहादुरीको सत्य घटनामा आधारित चलचित्र निशानीमा इण्डियन आइडल ३ प्रशान्त तामाङ, नवनायिका अनु गुरुङ, नेपाल तारा विष्णु चेम्जोङ्गले अभिनय गरेका छन्। अनु गुरुङले निशानीबाट नेपाली चलचित्र उद्योगमा डेब्यू गरेकी हुन्।

निशानीका अन्य कलाकारहरुमा प्रेम सुव्वा, जयनन्द लामा, सिरु विष्ट, कोपिला थापा, सुरज रानाभाट, अस्मि गुरुङ्ग, किशोर सम्बाहाङ्फे, महेन्द्र बागदाश, किशोर दुङ्माली राई आदि रहेका छन्।

चलचित्रको निर्मातामा प्रेम सुव्वा, सरोज भण्डारी र ललिता धौभडेल (सेरेङ्ग) रहेका छन्। छायाङ्कनमा युवराज राई, नृत्यमा गोविन्द राई, द्धन्दमा जनक गुरुङ, संगीत वि.वि.अनुरागी, गीतकारमा भुपाल राई, विनोद सेरेङ्ग र सुमन श्रापित रहेका छन् भने श्याम राजा श्रेष्ठले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रमा पूर्वी नेपाल र पश्चिम नेपालको संस्कृतिको संगम छ भने त्यसरी नै मानिसहरुका भावना र समवेदनाहरुको समायोजन गरिएको छ।

चलचित्रको छायाङ्कन लमजुङ्गको घले गाउं, ईलाम–कन्याम चियाबारी अनि सिक्किम र दार्जिलिङ्गमा गरिएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by