Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आगलागीबाट २ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ फागुन । काठमाडौंको हनुमान ढोका नजिकै इन्द्र गल्लीमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा ६० वर्षीय कृष्ण शाही र उनकी २४ वर्षीया छोरी संगीता शाही रहेका छन्।

शुक्रवार साँझ कृष्ण शाहीको घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुंदा उनीहरूको ज्यान गएको हो। साँगुरो गल्लीमा आगलागी भएकोले तत्काल नियन्त्रण गर्न नसक्दा मानवीय क्षति भएको प्रहरीले बताएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by