हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, ३० कार्तिक । ब्रिटिश साम्राज्यको पक्षको युद्धहरुमा मारिएका, बेपत्ता पारिएका ६० हजार पितृ गोरखाहरुलाई श्रद्धाञ्जलि अर्पण गर्न लुम्बिनीबाट बौद्ध भिक्षुहरु आउने भएका छन्।
पितृ गोरखाहरुको आत्माशान्ति र पितृउद्धारका लागि स्याङ्जा फेदीखोला साल्मेडाडामा मंसिर ५ देखि ७ गते सम्म गोर्खा भूतपूर्व सैनिक संघ गेसोले आयोजना गर्ने काजकिरिया तथा श्रद्धाञ्जलिका लागि विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुको टोली आउने गेसोको केन्द्रीय सभापती पदमबहादुर गुरुङले जानकारी दिए।
मंसिर ५ गतेदेखि ६० हजार पितृ गोरखाका काजकिरिया तथा श्रद्धाञ्जलि कार्यक्रमका लागि अहिले साल्मेडाडामा किरिया पुत्रीहरु, धर्म गुरुहरु र सञ्चार केन्द्र निर्माणको तयारी भइरहेको स्थानीय तथा पुर्व सभासद हितकाजी गुरुङले बताए।
फाइल फोटोः गेसो सभापति पदमबहादुर गुरुङ
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b