Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धरानमा यसरी भयो भीषण आगलागी (भिडियोसहित)

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २९ कार्तिक। धरानको मुख्य बजारमा भीषण आगलागी भएको छ। धरान धनकुटा राजमार्गमा पर्ने महेन्द्र पथमा बुधवार विहान ३ वजे सुरु भएको आगो विहान ७ बजे नियन्त्रण आएको थियो।

कपडाको थोक विक्रेता दिनेश अग्रवालको घरवाट सुरु भएको आगो उनको भाइ श्याम सुन्दर अग्रवालको घरमासमेत लागेको थियो।

अग्रवालको घरमा रहेको प्राइम बैकको शाखा कार्यालय तथा एनसिएल शाखा कार्यलयमा क्षति पुगेको छ। आगलागीबाट करीव १ करोडभन्दा बढी क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

दिनेश इम्पोरियम (कपडा पसल)मा बालेको दियोवाट आगलागी भएको भनिए पनि त्यस्कोको पुष्टि हुन सकेको छैन। आगलागीबाट जगदिश कुमारको पसलमा समेत क्षति पुगेको छ।

विहान ३ बजेबाट शुरु भएको आगोलाई नियन्त्रणमा लिनका लागि धरान, राजविराज, इटहरी, विराटनगर र दमकका ८ वटा वारुण यन्त्र, २ सय शसस्त्र प्रहरी, ८० जना सेना तथा २ सय नेपाल प्रहरी र स्थानीय वासिन्दा साढे ४ घण्टा लागेको थियो। आगलागीका समयमा धरानको मुख्य सडक वन्द गरेको थियो। आगलागीका कारण धरान धनकुटा राजमार्ग अवरुद्ध भएको थियो।

यस्तै हिजो दिउसो करीब २ बजे धरान ७ वडाप्रहरी कार्यालय पछाडि सुनिलशेखर श्रेष्ठको ग्वालीमा समेत आगलागी भएको थियो। आगलागीबाट करीब २० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

घरधनी श्रेष्ठका अनुसार, केटाकेटीले पट्का पड्काउंदा आगोको भिल्कोले ग्वालीमा राखेको पराल सल्केको थियो। समयमै धरान नगरपालिकाका दुईवटा वारुणयन्त्रले आगो नियन्त्रण गरेकाले ठूलो क्षति हुन पाएन।

यस्तै गएराति धरान ६ देशीलाईनमा पनि आगलागी भएको छ। भक्तिमाया राईको घरमा विजुली सर्ट भई लागेको आगोले कृष्णप्रसाद श्रेष्ठको सिडी पसल, रामानन्द कामतको जुत्ता पसलमा समेत क्षति पुगेको थियो। आगलागीबाट करीब २ लाख ४० हजार बजारको क्षति भएको प्रहरीले जनाएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by