एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २८ कार्तिक। त्रिमूर्ति निकेतनमा मंगलवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४औं जयन्तीका मनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्रीले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरिन्। त्यस अवसरमा खत्रीले लेखनाथ पौडयाल र बालकृष्ण समको पूर्णकदका सालीकमा पनि माल्यार्पण गरिन्।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा आयोजित काव्यसभामा प्रमुख अतिथि गीता खत्री, त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई, विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्रा.डा.गार्गी शर्मा तथा महाकवि देवकोटाको १०४औं जयन्तीका सञ्चालक बाबा बस्नेतले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए।
कार्यक्रममा गीता खत्री, राजेन्द्र शलभ र यादव भट्टराईले कविता वाचन गरे। प्रमुख अतिथि श्रीमती खत्रीलाई त्रिमूर्ति निकेतनका तर्फबाट प्रा.डा.गार्गी शर्माले त्रिमूर्तिको प्रतीक चिन्ह प्रदान गरेका थिए।
खत्री साहित्यिक सङ्गठनका सिलसिलामा केही दिनअघि अमेरिकाबाट नेपाल आएकी हुन्। खत्री अमेरिकाका लागि त्रिमूर्ति निकेतनको नेपाली साहित्यिक दूतसमेत हुन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b