एचकेनेपला डट कम संवाददाता-
काठमाडौ, २८ कार्तिक । उपराष्ट्रपति परमानन्द झाले सरकार मिसावट भएको तेल जस्तो भएको भन्दै अहिले मुलुकमा राष्ट्रपति मात्रै खाट्टी शुद्ध भएको बताएका छन्।
अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको रिपोर्टर्स क्लब नेपालको देउसी भैलो टोलीसँगको कुराकानीमा उनले म मात्रै संबैधानिक र अरु खराव भन्ने प्रधानमन्त्रीको सोच पूर्ण रुपमा गलत भएको टिप्पणी गरे।
झाले बैशाख भित्रमा मुलुकले जनप्रतिनिधि पाउनु पर्ने भन्दै त्यसमा अड्चन थापे उसकोलागी त्यो नराम्रो हुने चेतावनी दिए । उनले भने– अब नेपाली जनताले धेरै पर्खदैनन । यसको हेक्का राख्नु पर्छ। मुलुकलाई दलहरुले नै निकास दिनु पर्ने भन्दै अन्य तीरबाट निकास खोजेर निकास ननिस्कने उनको भनाई थियो।
समुन्द्र मन्थन गरेर अमृत निकाल्न पनि लामो समय लागेको उल्लेख गर्दै उपराष्ट्रपति झाले नेपालमा दलहरुको सहमति कायम गर्ने प्रयास पनि अझै पुग्न नसकेको तर छिट्टै सहमति हुने विश्वास ब्यक्त गरे।
राष्ट्रपति बाहिर हल्ला गरे जस्तो चुप लागेर नबसेको दावी गर्दै दलहरुलाई लगातार घच्घच्याएको कुराले पनि उहाँ चुप लागेर नबसेको स्पष्ट हुने उनको तर्क थियो।
विगतमा अध्यादेशहरु राष्ट्रपतिले जारी गरेकोले अहिले सहमति विना अध्यादेश जारी हुँदैन भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सहमतिमा पूर्ण बजेट आउन नसके फेरि पनि एकतृतियांश बजेट ल्याउनु पर्ने उनले सुझाव दिए।
उनले भने–अहिले मुलुकलाई निकास दिने एक तृतियांश बजेट बाहेक अर्को विकल्प छैन । क्लबको देउसी भैलो कार्यक्रममा उपराष्ट्रपति झा देउसी गितमा नाचेका थिए । उपराष्ट्रपति र क्लबका अध्यक्ष धमलाले एक अर्काको हात पकडेर नाचेको दृष्य रोचक थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सडकबाटै फाल्ने दावी गरेका छन्।
देउसी भैलो टोलीसँगको कुराकानीमा उनले लामो समयसम्म प्रयास गर्दा पनि सहमति नभएकोले अब तत्काल सहमति बन्ने ठूलो सम्भावना नभएको उनको धारणा थियो।
अबको तीन दिनमा सहमतिबाट मुलुकलाई निकास दिनु मुलुकको आवश्यकता भएको उनको भनाई थियो।
सहमति विना पूर्ण बजेट आउनै नसक्ने भन्दै दलहरुवीच अहिले पूर्ण बजेटमा सहमति हुने सम्भावना नभएकोले राष्ट्रपतिले पनि जारी नगर्ने दावी गरे।
नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशसरण महतले अहिले पूर्ण बजेट ल्याउन सरकारलाई दलहरुले सहमति दिए दलहरुवीच सहमतिको सम्भावना अझै टाढिएर जाने चेतावनी दिएका छन्।
देउसी भैलो टोलीसँगको कुराकानीमा उनले भने–विपक्षी बजेटमा लचिलो हुनु हुँदैन । अहिलेनै सबै विषय टुङग्याउनु पर्छ । नभए फेरि प्रधानमन्त्रीको मनपरी तन्त्र यो मुलुकमा चल्छ। उनले नयाँ बन्ने सहमतिको सरकारले मात्रै मुलुकमा पूर्ण बजेट ल्याउन सक्ने ठोकुवा गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b