Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सुरु भयो तिहार

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २६ कार्तिक । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार आज आइतवारदेखि सुरु भएको छ। बिहान १० बजेर १८ मिनेटपछि त्रयोदशी तिथि लाग्ने भएकाले तिहार अर्थात यमपञ्चक आजदेखि शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्धितीयासम्म तिहार मनाइन्छ।

आज बेलुकी घरघरमा दीपदान गरिन्छ। भोलि त्रयोदशी उदयकाल रहेकाले बिहान कागपूजाको उपयुक्त समय रहने पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्।

मंगलबार बिहान सूर्य उदयकाल ६ बजेर ३४ मिनेटसम्म चतुर्दशी उप्रान्त औँसी तिथि परेकाले बिहान कुकुर पूजा र बेलुकी लक्ष्मीपूजा तथा दीपावली गरिन्छ। २९ गते बुधबार गोबर्धन पूजा, गाईगोरुपूजा तथा बेलुकी म्हः अर्थात आत्म पूजा गरिन्छ।

३० गते बिहीबार बिहान ११ बजेर २३ मिनेटमा भाइटीका लगाउनु उत्तम रहेको ढुंगेलले बताए।

भाइटीका म्युजिक भिडियो:



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by