एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ फागुन । निर्वाचन आयोगले वारम्बार दलहरूको आयव्यय विवरण मागेर पनि नदिएपछि ११ राजनीतिक दललाई खारेज गरेको छ।
खारेजमा परेका राजनीतिक दलहरूमा समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल, प्रजातान्त्रिक शान्ति पार्टी, नेपाल जागृति दल, नेपाली जनतन्त्र पार्टी, प्रजातान्त्रिक शक्ति पार्टी, राष्ट्रिय जन एकता पार्टी, नेपाली राष्ट्रिय जन भावना पार्टी, राष्ट्रवादी मिलन केन्द्र नेपाल दल र प्रजातान्त्रिक जनमुक्ति पार्टी रहेका छन्।
निर्वाचन आयोगद्वारा बारम्बार गरिएको ताकेतालाई राजनीतिक दलहरूले वेवास्ता गरेपछि एक हप्ताभित्र सम्पर्क गर्न सूचना जारी गरेको थियो। १८ दलहरूमध्ये सम्पर्कमा आएको ७ दललाई एक सय रूपैयाँमात्र जरिवाना गरेको छ भने अटेर गर्ने ११ दललाई आयोगले खारेज गरेको हो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस