Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सिलिगुडीमा नीलको अर्को सैलून

एचकेनेपाल डट कम संवाददाता-
सिलीगुड़ी, चर्चित हेयर एक्सपर्ट नील डेविड कटवालले भारतको सिलीगुड़ीस्थित सिटी सेंटरमा आफ्नो नयाँ सलोन सञ्चालन गरेका छन्।

सिटी सेंटरमा आयोजित एक समारोहमा नेपाली नायिका रुश्मा राई तथा सिक्किमका नेपाली कलाकार महेन्द्र गुरुङले रिबन काटेर उद्घघाटन गरेका हुन्। नील डेविडको सिलिगूडीमा यो दोश्रो सलोन हो।

यसअघि, करीब ३ बर्ष अघि नीलले सिलिगुडीको सिटीमलमा पनि सलोन खोली सकेका थिए। उद्घघाटन समारोहमा यहाँसम्म आउन सहयोग पुर्याउने आफ्ना परिवार तथा संचारकर्मी, ग्राहक तथा साथीभाई शुभ चिन्तकहरुलाई नील डेविडले धन्यवाद दिएका थिए।

सिलिगुडीको ब्यस्त सिटी सेन्टरमा स्थापना गरिएको यो अत्याधुनिक सलोनमा हेयर कटिङ, कलर, स्त्रेत, फेसिअलका साथै बडी स्पा पनि गरिन्छ। यो सलोनमा एक पटकमा १० जनालाई सेवा दिन सकिने नील बताउंछन्।

सलोनमा नील डेविड हेयर एण्ड ब्युटी अकदेमीका बिद्यार्थीहरुले पनि काम गर्ने मौका पाएका छन्। सलोनमा बिद्यार्थीहरुलाई तालिम पनि दिइने छ।

नेपालमा हेयर डिजाइनिङमा ख्याती कमाएका नीलले भारतको पश्चिम बङ्गालमा समेत लोकप्रियता कमाएका छन्। यसअघि उनले दार्जीलिङ,नाम्ची सिक्किमका साथै सिलीगुड़ीमा समेत सलोन खोली सकेका छन्।

निकट भविष्यमा नीलले भारत कै कोलकाता तथा गङ्तोकमा पनि सलोन खोल्दै छन्। युबा युबती माझ् हेयर स्टाइलमा अलग पहिचान बनाएका नील डेविड यतिबेला फेसन डिजाइनिङको कोर्षको समेत तयारी गर्दै छन्।

१२ बर्षअघि छाडेको आफ्नो योजनालाई नीलले अहिले आएर पुरा गर्न लागेका हुन्। उनका पहिरनहरु सन २०१५ देखि बजारमा आउने छन्। एउटा भब्य फेसन शो मार्फत आफ्न कालेक्सनहरु बजारमा ल्याउने नीलको योजना छ।

नेपालको बजारमा फेसनको बजारलाई अझ दक्ष बनाउन उनी आफ्नै नाममा फेसन डिजानिङ ईन्स्टिच्युट पनि खोल्ने तयारीमा छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by