एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २३ कार्तिक । अष्ट्रेलियाको ईजि एटिएम कम्पनीले नेपाली एटिएम होल्डिङ कम्पनीसँग मिलेर नेपालमा एटिएममा लगानी गर्ने भएको छ।
विहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ईजी एटिएमका प्रमुख कार्यकारी अधिकृत टोड जानीले नेपालमा अत्याधुनिक प्रविधीको एटिएमको सञ्जाल निर्माणमा लगानी गर्ने जानकारी दिदै नेपालमा ल्याईने कम्पनीको एटिएमबाट मनिट्रान्सफर गर्ने, पैसा जम्मा गर्ने लगायतका सम्पूर्ण आधुनिक सुविधा हुने बताए।
लगानीको लागि बातावरण अध्ययन गर्न आफू नेपाल आएको भन्दै उनले आफूहरुको सञ्जाल विश्वका एक दर्जन भन्दा बढी मुलुकमा रहेकोले कारोवारमा झनै सजिलो भएको बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b