Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हातका औंला पड्काएका विश्वरेकर्डको दावी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २२ कार्तिक । काठमाडौं जिल्ला चाल्नाखेल गाविस–९ का सुवास पन्त हातका औंलाहरुलाई ३० सेकेण्डमा १०० पटक पड्काएर विश्वरेकर्ड कायम गर्ने अभियानमा जुटेका छन्।

विगत १३ वर्षदेखि सबैभन्दा कम समयमा हातका औंला पड्काएर सबैलाई चकित पार्दै आएका २५ वर्षे पन्तले औंला पड्काउने कलालाई गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका हुन्।

मंगलबार रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पन्तले कुनै साहरा विना ३० सेकेण्डमा १०० पटक औंला पड्काएर देखाएका थिए।

पत्रकार सम्मेलनमा पन्तले भने– मेरो आफ्नो नाम मात्र होईन, देशकै नाम विश्वमा पु-याउने उद्देश्यले आप्mनै प्रयास र लगानीमा यो अभियानमा लागेको हुँ।

विश्वरेकर्ड कायम गर्न सक्छु भनेर पत्रकार सम्मेलन गरेको दावी गर्दै उनले भने– पत्रकारहरु सामू कायम गरेको रेकर्डको भिडियो र फोटोसहित गिनिज बुकका लागि आवेदन दर्ता गर्छु।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by