एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २२ कार्तिक । नेपाली काग्रेसले कार्तिक २४ गते राजधानीमा बृहत शक्ति प्रर्दशन गरेर अर्को जनआन्दोलनको घोषणा गर्ने भएको छ।
स्वर्गीय नेता गणेशमान सिहको ९७ औ जन्म दिवसको अवसर पारेर काग्रेसले कार्तिक २४ गते गर्न लागेको बृहत प्रर्दशनको तयारीको विषयमा जानकारी दिन बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौ जिल्ला सभापति भिमसेन दास प्रधानले त्यस्तो जानकारी दिएका हुन्।
उनले २४ गतेको प्रर्दशन प्रारम्भ मात्रै भएको भन्दै त्यसपछि निरन्तर नेकपा एमाले सहितका अन्य विपक्षी दलहरुसँग मिलेर प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पदच्यूत नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।
उनले अब हुने आन्दोलनलाई लोकतन्त्रको लागि अर्को जनआन्दोलनको संज्ञा दिदै आन्दोलनको आधिवेहरीले प्रधानमन्त्रीलाई पदच्यूत गराई छाड्ने दावी गरे।
पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक गोविन्द पुडासैनीले मुलुकमा बढ्दै गएको राजनीतिक, संबैधानिक र आर्थिक संकट सहमतिको सरकार निर्माण विना समाधान हुन नसक्ने भन्दै अहिलेको अवस्थामा आन्दोलनबाट सहमतिमा आउन एमाओवादीलाई बाध्य पार्नुको विकल्प नभएको दावी गर्ने।
उनले कार्तिक २४ गतेको सभाको तयारी सम्पन्न भएको जानकारी दिदै विहान साढे एघार बजे शान्ति बाटीकामा गणेशमानसिहको सालिकमा माल्यार्पण गरेर निस्कने जुलुस बसन्तपुरमा सभामा परिणत हुने जानकारी दिए। उनका अनुसार सभालाई सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलसहितका प्रभावशाली नेताहरुले सम्बोधन गर्ने कार्य तय भएको बताए।
पुडासैनीले सर्वसत्ताबादी सरकारको विपक्ष र सहमतिको पक्षमा उभिन सबैलाई आग्रह समेत गरे।
पत्रकार सम्मेलनमा राज्यको ढुकुटीबाट अयोग्य लडाकुलाई करीब ६० करोड २ लाख रुपैया वितरण गरेको मुलुकमा बढेको चरम भ्रष्टाचार, बढ्दो अशान्ति, अपराधको विषयलाई लिएर सरकारको आलोचना समेत वक्ताहरुले गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b