Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिले बजेट रोके मुलुकमा भयंकर दुर्घटना हुन्छः पौडेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २१ कार्तिक । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले सरकारले तयारी गरेको बजेट जारी नगरी राष्ट्रपतिले रोक मुलुकमा भंयकर दुर्घटना हुने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले मंसिर मसान्त भित्रमै संविधानसभामा प्रतिनिधित्व गर्ने बहुमत दल र उद्योगी ब्यवसायीहरु सहित प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्ण बजेट राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने जानकारी दिदै त्यसलाई राष्ट्रपतिले रोक मुलुकमा भयंकर दुर्घटना हुने चेतावनी दिएका हुन्।

साक्षात्कारमा उनले भने–राष्ट्रपति र प्रधानमन्त्री एउटै डुङ्गामा सवार छन्। प्रधानमन्त्री डुबे राष्ट्रपति पनि बाँकी रहँदैनन्।

उनले सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रमहरु पनि सहभागी हुने जानकारी दिदै प्रधानमन्त्री भट्टराई अर्थमन्त्री हुँदा सुरु गरेको नयाँ कार्यक्रमहरुलाई पनि बजेटमा निरन्तरता दिईने स्पष्ट पारे। पौडेलले थपे–अहिलेको प्रधानमन्त्रीले बजेट ल्याउनै पाउनु भएको छैन। त्यसैले पनि नयाँ कार्यक्रमहरु राखिन्छ।

अहिलेको सरकार हटाएर नयाँ सरकार निर्माण गर्ने बैद्यानिक बाटो नभएकोले राष्ट्रपतिले प्रधानमन्त्री हटाउनै नसक्ने ठोकुवा गर्दै पौडेलले प्रधानमन्त्री नरहे राष्ट्रपति पनि नरहने चेतावनी दिए। उनले दलहरुवीच सहमति नभएसम्म प्रधानमन्त्री डा बाबुराम भट्टराईले कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पार्दै पुनःस्थापना मार्फत संविधान घोषणा गरेर अघि बढ्ने भए प्रधानमन्त्री राजिनामा दिन तयार रहेको बताए। अन्यथा बाबुराम भट्टराईकै नेतृत्वमा सहभागी भएर निर्वाचनमा जानु पर्ने उनको तर्क थियो।

पौडेलले संविधानसभा, संसद, राष्ट्रपति र स्थानीय निकाय सहित चार वटा निर्वाचन एकै पटक गर्नु पर्ने आवश्यकता समेत औल्याए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by