Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पूर्वी नेपालमा राजालाई सक्रिय हुन आग्रह

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १८ फागुन । भव्य जनसमुदायमाझ पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीको झुम्कामा विहीवारबाट सुरु भएको भविष्य पुराणको उद्घाटन गरेका छन्। पानसमा बत्ती बाल्दै उनले पुराणको उद्घाटन गरेका हुन्।

पूर्वाञ्चलभरीका विभिन्न स्थानबाट आएका हजारौं जनसमुदायमाझ उनले पुराणको उद्घाटन गर्दा उपस्थितहरुले राजावादी नारा लाएका थिए भने राजा आऊ देश बचाउलगायतका नारासमेत लाएका थिए।

पूर्वराजालाई हेर्नकै लागि समेत पूर्वाञ्चलका उदयपुर, धनकुटा, झापा, मोरंगलगायतका जिल्लाबाट जनसागर उर्लेको थियो। अत्यधिक भिडका कारण कार्यक्रम व्यवस्थित गर्न आयोजक तथा प्रहरीलाई हम्मे हम्मे नै परेको थियो।

राप्रपा नेपालका कार्यकर्ताहरुसमेत ठूलो संख्यामा कार्यक्रमलाई व्यवस्थित बनाउन खटिएका थिए। कार्यक्रममा आयोजकले पूर्वराजालाई अभिनन्दनसमेत गरेको थियो।

कार्यक्रममा बोल्दै राप्रपा नेताहरुले राजनीतिक दलको खिँचातानीका कारण नेपाल टुक्रा टुक्रा हुन लागेको भन्दै संवैधानिक राजतन्त्र स्थापनाका लागि पुनः सक्रिय हुन पूर्वराजासँग आग्रहसमेत गरेका थिए।

कार्यक्रममा पूर्वराजाले विभिन्न झाँकी हेरेका थिए भने सर्वसाधारणबाट दिइएको उपहारसमेत लिएका थिए। कार्यक्रममा उनले औपचारिक सम्बोधन गरेनन्।

मोरंगको विराटनगरबाट आउने क्रममा पूर्वराजाले ठाउँ ठाउँमा सर्वसाधारणको शुभकामना तथा फूल गुच्छा लिन भ्याएका थिए। अत्यन्त कडा सुरक्षा व्यवस्थाका बिच उनी सुनसरी आइपुगेका थिए।

भारतको लामो भ्रमणपछि पूर्वाञ्चल आइपुगेका पूर्वराजा शाहको यो भ्रमणलाई राप्रपा नेपालले भने आफ्नो शक्ति प्रदर्शनको अवसरका रुपमा लिएको छ।

नौ दिनसम्म चल्ने भविष्य पुराणबाट उठेको रकमले ज्येष्ठ नागरिक भवन बनाउने आयोजक समितिको लक्ष्य छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by