Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एनआरएन जापानको साधारण सभा

एचकेनेपाल डट कम संवाददाता-
जापान, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानले आफ्नो बार्षिक साधारण सभा पहिलो पटक नागोया क्षेत्रमा गर्ने भएको छ।

एनआरएन जापानको तर्फबाट प्रवक्ता शरद कुमार गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा साधारण सभाको तयारी भइरहेको उल्लेख गरिएको छ।

बिज्ञप्तिका अनुसार बार्षिक साधारण सभामा क्षेत्रीय समितिहरुलाई सुदृढ गर्ने गरि संशोधनसहित प्रस्ताब गरिएको बिधान, बार्षिक प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन, विभागीय प्रतिबेदन र क्षेत्रीय प्रगति प्रतिबेदन बारे छलफल हुने जनाईएको छ।

अगस्त र सेप्टेम्बर महिनामा अस्ट्रेलियाको सिड्नीमा सम्पन्न एनआरएन आईसीसीको सातौ क्षेत्रिय सम्मेलनको कारणले केहि समय ढिला हुन गएको हो।

आउदो नोभेम्बर २४ तारिख शनिबारका दिन नागोयास्थित ओबू सिटि हलमा हुन गईरहेको साधारण सभाले आगामी चुनाबी प्रक्रिया निर्धारण गर्ने तथा बिधान पारित गर्ने गरि सम्मेलनमा टोक्यो, निगाता, ओसाकालगायत जापान भरिकै क्षेत्रहरुबाट उलेख्य संख्यामा एनआरएन प्रतिनिधिहरु भेला हुनेछन्।

बिहान ९ बजे देखि सुरुहुने खुला सत्रमा जापानस्थित नेपाली राजदूतप्रमुख अतिथि हुनुहुने जनाईएको छ। एनआरएन आईसीसी कोषध्यक्ष भबन भट्ट, एसिया प्रशान्त क्षेत्रिय क्षेत्रिय उपसंयोजक किरण विक्रम थापा, आई सी सी सदस्यहरु, प्रतिनिधि, टास्क फोर्स सदस्यहरु, सल्लाहकारहरु, संरक्षकहरु र जापानस्थित सबै संघ संस्थाका अगुवा तथा प्रतिनिधिहरु पुन नागोयामा जुट्ने यो सुनौलो जमघटमा एनआरएन जापानका सल्लाहकार पारसमणि पोखरेलको संयोजनमा बेजोड साँस्कृतिक प्रस्तुती समेत रहने छ। अन्य थप जानाकारी र बिस्तृत बिवरणको लागि बिभिन्न अनलाइन मेडियामा प्रकाशित ब्यानरबाट प्राप्त गर्न सकिने छ।

बार्षिक साधारण सभाको मूल मर्म, मातृभूमिको सम्बृद्धिको लागि, सामुहिक लगानी भन्ने स्लोगानसंगै उक्त महान लक्ष हासिल गर्न क्षेत्रिय सहभागिता बढाई एनआरएन जापान अभियान लाई सुदृढ गर्नु रहेकोले “ सामुहिक लगानी सम्बृद्ध नेपाल , क्षेत्रिय सहभागिता हाम्रो अभियान” भन्ने नारा सहित यो साधारण सभा आयोजना हुन गई रहेको व्यहोरा समेत बिज्ञप्तिमा उल्लेख छ।

पहिलो पटक नागोया क्षेत्रमा एनआरएन जापानको बार्षिक साधारण सभा आयोजना हुन गईरहेकोले सम्पूर्ण क्षेत्रिय कमिटी नै स्थानीय आयोजक हुने र थप समन्वयको लागि राष्ट्रिय स्तरमा ११ सदस्यीय मुल कमिटी अध्यक्ष ओम गुरुङको संयोजकत्वमा डा.सुदिप अधिकारी, डिलाराम खरेल, राजेन्द्र पराजुली, पारसमणि पोखरेल, सरोज कंडेल, शरद कुमार गौचन, केशर गिरि, निमा लामा, बिष्णु घिमिरे, संदेश पोखरेलको सदस्य रहने गरि गठन गरिएको गरिएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by