सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान,२० कार्तिक। विजया दशमी तथा शुभ दिपावलिको अवसरमा धरानमा सञ्चालन भएको धरान खेलकुद पर्यटन तथा सांस्कृतिक टुवोर्ग उत्सवले धरान लगायत आसपासका सर्वसाधारणलाई मनोरञ्जनमात्र दिएको छैन, यसले युवाहरुलाई रोजगारीसमेत प्रदान गरेको छ।
उत्सवमा मनोरञ्जनका लागि आउने धरानका सर्वसाधारणको सुविधाको लागि आयोजकले स्वयम्सेवक खटाएको छ। जसले दैनिक रोजगारी पाउने गरेका छन्। यो मेलाको कारण बेरोजगार युवाहरुलाई आयोजकले स्वयम्सेवकको रुपमा खटाउदा धेरैले रोजगारी पाएको रिकभरिङ धरानका अध्यक्ष दिनेश राईले बताउनुभयो। उहांले उत्सवलाई खाली विकृतिजन्य रुपमा मात्र हेर्ने गरिए तापनि यसको सकारात्मक पक्षलाई समेत कोट्याउनु आवश्यक रहेको उहांको भनाई छ।
धरान १२ चतरालाइनमा कार्तिक ४ गतेदेखि लागेको सो उत्सवले धरानलाई दुव्र्यसनीमुक्त सहर बनाउन धेरै सहयोग मिलेको उहाको भनाई छ। मेलामा संगतपूर्णको फल भने झै उहाले स्वय्सेवकमा बढीमात्रामा पूर्व दूव्र्यसनीहरु रहेका कारण यसले यी युवालाई नकरात्मक सोचेर बेरोजगार भएर बस्नबाट बचाएको समेत उहाको दाबी छ।
धरानमा उत्सव नलाग्दा चाड पर्वको समयमा दैनिक जसो झै झगडा हुने गरेको तथा तथा लागु औषध कारोबार समेत वढ्ने गरेकोले सुरुमा पूर्व दुव्र्यसनीहरुकै पहलमा उत्सव लगाउन सुरु गरेको जानकारी दिनु भयो। उत्सवमामा प्रत्यक्ष अप्रत्यक्ष गरि ८ सय भन्दा वढि युवाहरुले रोजगार पाएको आयोजकले जनाएको छ।
यस्तै विभिन्न राजनीतिक दलहरुको पनि उत्सव लगाउनु युवाहरुको तथा धरानको शान्ति सुरक्षामा समेत सकारात्मक परेको ठम्याइछ। नेपाली कांग्रेस धरान नगर अध्यक्ष किशोर राईले उत्सवलाई केवल विकृतिको रुपमा मात्र हेर्नु नहुने बताउनुभयो। उहाले उत्सवबाट दिनरात काम गरेर बसेर आराम नपाएका गृहणीहरुलाई समेत लक्षित गरी मनोरन्जन दिने खालका खेलसामाग्री समेत राखिएकाले बर्षमा एकपटक उत्सव लाग्नु सकारात्मक भएको बताउनुभयो। उहाले पनि रिकभरिङ धरानका अध्यक्ष दिनेश राईले झै विशेष गरी यो उत्सवले युवा वर्गलाई बढीमात्रामा रोजगारी प्रदान गरेको उहाको भनाई छ। युवापुस्ता चाडपर्वको बेलामा होहल्ला गर्ने, मादक पदार्थ सेवन गरी दुर्घटना हुने जोखिमलाई समेत यस उत्सवले धेरै मात्रामा सहयोग पुगेको उहाको भनाई छ।
नेकपा एमालेका धरान नगर अध्यक्ष तारा सुब्बाले उत्सवले पर्यटकीय आकर्षकमा समेत बढावा दिने भएकोले पर्यटकको आगमनमा वृद्धि हुने बताउनुभयो। उत्सवका बेलामा आन्तरिक तथा वाह्य पर्यटकहरुले उत्सवको आनन्द लिनुका साथै त्यसस्थानको वस्तुस्थितिका बारेमा ज्ञान समेत लिने गरेका कारण उत्सवलाई नकारात्मक रुपमा हेर्न नमिल्ने उहाको भनाई छ। उहाले बेलाबेलामा गरिने यस्ता उत्सवले मनोरञ्नमात्र प्रदान गर्दैन बरु आन्तरिक आयमा समेत वृद्धि हुने उहाले बताउनुभयो।
यस्तै नेकपा एमाओवादीका धरान नगर इन्चार्ज चोत्लुङले यसपटकको उत्सवको महत्व अझ बढी भएको बताउनुभयो। उहाले विगतका महोत्सवभन्दा यसपटक शारीरिक सुगठन तथा फिटनेश क्लबले लगाएका कारण सो सम्बन्धी जानकारीमूलक प्रदर्शनीका साथै युवा पुस्तालाई खेलप्रति आकर्षित गर्न यसले ठूलो भूमिका खेल्ने जानकारी दिनुभयो। खेलक्षेत्रमा युवापुस्ताको जागरुकता नै यस उत्सवको उपलब्धी भएको उहाको भनाई छ।
यता आयोजक समितिका अध्यक्ष एवम शारीरिक सुगठन तथा फिट्नेश क्लब धरानका अध्यक्ष हर्क लिम्बुले समेत उत्सवमा सबै कुरा नकारात्मक नहुने धेरै सकारात्मक हुने बताउनुभयो। उहाले उत्सवमा आफूहरुले खेल मनोरञ्जनमात्र हैन शारीरिक सुगठनका विषयमा रोचक जानकारी मुलक कार्यक्रम बेला बेला गर्ने भएका कारण युवा समूह यसतर्फ आकर्षित भएको उहाको समेत बताउनु भयो।
अनेकतामा एकता , हाम्रो विविधता अतिथि सत्कार, हाम्रो शिष्टता भन्ने मुल नाराका साथ सञ्चालन भएको सो उत्सवमा नेपालमै पहिलो पटक अक्टुपस खेल तथा रोटेपिङ, मौतकवा कुवा, टाइटानिक नाउ, ब्रेक डान्स, तम्बोला लगायतले भरपूर मनोरञ्जन दिनको साथै हाउजी खेलले समेत दर्शकलाई तानेको छ।
हालसम्म गायक राजेश पायल राई, दिपक लिम्बु तथा गायिका इन्दिरा जोशीको प्रदर्शनबाट भरपूर मनोजरञ्जन दर्शकहरुले गरिसकेकाछन् भने अन्य राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ।
उत्सव अवलोकन गर्न परिवारसहित आएका धरान १५ का पुष्प कार्कीले अहिलेको उत्सव पारिवारिक वातावरणमा मनोरञ्जन गर्न पाउने भएकोले अत्यन्तै रमाइलो भएको बताउनुभयो। उहाले बालबालिकाका लागि बेग्लै, युवा युवातीका लागि बेग्लै र बृद्धबृद्धालाई समेत समेटेर मनोरञ्जनात्मक समाग्रीहरु उत्सवमा राखिएको बताउनुभयो। अझ ठूलो आकर्षणको रुपमाभने हाउजी तवोला रहेका र यो खेल्दा समय वितेको समेत थाहा नहुने उहाको भनाई छ।
समग्र हिसाबले यसपटकको उत्सवले सबैलाई मनोरञ्जन दिनुका साथै केही समयका लागि धरान सहरलाई विकृति, विसंगति, बेरोजगारीको खाडलाई पुरिदिएको युवाहरुको बुझाइ छ। धरानको उत्सव शान्तिपूर्ण रहेको तथा सम्झौता अनुरुप नै सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी चन्द्रकुवेर खापुङले वताउनु भयो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b