Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आशफोर्डमा दशैं-तिहार पार्टी

सोदिप थोप्रा लिम्बू /एचकेनेपाल डट कम-
आशफोर्ड केन्ट युके, ४ नोभेम्बर। सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले गत बर्षहरुमा झैं यस बर्ष गत ३ नोभेम्बर २०१२ शनिबारका दिन स्थानीय नाच्बुल स्कुलमा विभिन्न कार्यक्रमसहित दशैं – तिहार २०१२ भब्यताको साथ सम्पन्न गरेको छ।

आशफोर्डवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको प्रारम्भमा समाजका बरिष्ट उपाध्यक्ष श्री लिम्बूले स्वागत मन्तब्य दिएका थिए भने अध्यक्ष पोपीराज राईले उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरुलाई दशैं तथा तिहारको शुभकामना व्यक्त गर्दै कार्यक्रमको उदेश्य प्रष्ट पारेका थिए साथै कार्यक्रममा सहयोग पुरयाउने सबैलाई धन्यबाद दिएका थिए।

समाजका महासचिब मोहन कृष्ण गुरुङले संचालन गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि केन्ट काउन्टी काउन्सिल डेपुटी लर्ड पिटर बिशोप रहेका थिए भने स्थानीय विशिष्ट व्यक्तिहरु साथै संघ-संस्थाका थुप्रै प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएका थिए।

समाजका महासचिब मोहन कृष्ण गुरुङले आकस्मिक घटना भइहालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए भने कार्यक्रममा प्रमुख अतिथि पिटर बिशोप तथा अतिथि एन्ड्रीयु मोरटीमरले दशैं तथा तिहारको बारेमा आ-आफ्नो मन्तब्य राखेका थिए।

साँस्कृतिक सचिब शुष्मा लिम्बूको निर्देशनमा गंगाराज राई र मनिष कंडेलले संचालन गरेको साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले कार्यक्रममा उपस्थित पाहुना तथा दर्शकहरुलाई भरपूर मनोरंजन दिलाएका थिए।

साना नानीदेखि बयस्क दाजुभाई तथा दिदीबहिनी कलाकारहरुको मनमोहक नृत्यले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो। नृत्यको मनोरंजन संगसंगै महिला कमिटिका सहसचिब बसिमाया लिम्बू र कोषाध्यक्ष सरला राईको अगुवाइमा सफलतापूर्बक सम्पन्न राफल ड्र ले थप मनोरंजन प्रदान गरेको थियो भने स्थानीय नमुना रेस्टुरेन्टद्वारा ब्यबस्था गरिएको स्वादिष्ट परिकारहरुको स्वादले उपस्थित पाहुना एबम् दर्शकहरुलाई नेपालमैं पुगेर दशैं-तिहार मनाएको अनुभब गराएको थियो। कार्यक्रमको अन्त्यमा स्थनीय डि.जे बिसी राईले उपस्थित सबैलाई धित मर्ने गरि नचाए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by