Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

गीत लेखनमा जम्दै निलम

सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
‘पुरानो हुँदैन माया, जुनी जुनीलाई..’, सञ्जीवनीले गाएको यो गीत नसुन्ने श्रोता सायदै नहोला। यही गीत अर्थात् ‘जुनी जुनी’ एल्बमबाट आपूmलाई परिचित गराउन सफल गीतकार हुन् नीलम आङबुहाङ राई।

२०४० साल साउन ६ गते बुबा खड्गबहादुर र आमा रुक्मिणीदेवी आङबुहाङको कोखबाट जन्मेकी नीलम सानै उमेरदेखि गीत लेखनमा रुचि राख्थिन्। उनले पहिलोचोटी ‘इलामे चेलीका रचनाहरु’ कविता संग्रह बजारमा ल्याएकी थिइन्।

विभिन्न पत्रपत्रिकामा लेख–रचना प्रकाशित गर्दागर्दै पहिलोचोटी २०६२ सालमा ‘जुनी जुनी’ गीति एल्बमबाट परिचित भएकी नीलमलाई भाग्यमानी गीतकार भन्दा फरक नपर्ला।

त्यो समय बजारमा एल्बम नचलिरहेको अवस्थामा ‘जुनी जुनी’ ले यस्तो सफलता पायो कि एल्बमले गीतकारलाई मात्र स्थापित गराएन, संगीतकार सुरेश अधिकारी र गायिका सञ्जीवनी साथै गायक कुमार सानु चर्चाको शिखरमा पुगे।

पृथक शैलीमा गीत लेख्न रुचाउने नीलम गीत भनेको सरल, सहज सबैले बुभ्mनसक्ने हुनुपर्छ भन्छिन्। नीलमको अर्काे खुबी, उनी संगीतकारले निकालेको धुनअनुसार क्षणमै शब्द कोर्न सक्छिन्।

‘जुनी जुनी’ एल्बमको सफलता साथै श्रोताले दिएको माया सँगसँगै २०६८ सालमा ‘जुनी जुनी भाग– २’ बजारमा आएपछि त उनको चर्चा अझ बढ्न थाल्यो। एल्बममा रहेको ‘जीवन साथी तिमीलाई सँगसँगै’ गीत इमेज अवार्ड–२०१२ मा सर्वोत्कृष्ट एल्बमको अवार्डबाट सम्मानित भएपछि नीलम अर्काे एल्बम निकाल्ने तयारीमा जुटेकी छिन्।

विभिन्न संघसंस्थाबाट सम्मानित नीलम गीत लेखनबाहेक समाजसेवामा पनि आवद्ध छिन्। विभिन्न क्षेत्रमा आप्mनो औकातले भ्याएसम्म सहयोग गर्दै आएकी निलमले यसपालि ‘जुनी जुनी भाग–२’ बाट संकलित रकम अनाथ बाल बालिकाका लागि खर्च गर्दैछिन्। उनले ‘जुनी जुनी भाग–२’ एल्बम सँगसँगै अन्तर्मनका तरंगहरु गीति संग्रह पनि बजारमा ल्याएकी छिन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by