नरेन्द्रराज प्रसाई-
शारदा अधिकारी सरल भएर पनि क्रान्तिकारी थिइन् । उनी नरम भएर पनि जागरुक थिइन् । अनि उनी भद्र भएर पनि अन्यायको प्रतिकारमा उभिन्थिन्। त्यसैले उनी सानो उमेरमा नै प्रसिद्धिको उचाईमा पुगिन् । नेपाली भाषासाहित्यमा उनले जति लेखिन् धेरै लेखिन्। साथै उनी स्तरीय लेखनकी पनि एउटी विम्ब बनिन्।
शारदा सकारात्मक चेतकी धनी थिइन्। अरूको खुट्टा तान्ने प्रवृत्तिको उनी विरोधी थिइन् । उनी स्वावलम्बी पनि थिइन् । अनि उनी अर्काको सेवामा पनि समाहित हुन्थिन्। साथै उनी आफू लेख्न र अरुलाई लेखाउन उत्सर्गिक हुन्थिन् । उनी साहित्यिक सड्गठन गर्न पनि सिपालु थिइन् । शारदाले नेपाली संस्कृतिको खोक्रो आडम्बरलाई पनि स्वीकारिनन्। धर्मका आडमा पुरुषले बनाएको अन्धो सांस्कृतिक कानूनको प्रतिकारमा उनी बाँचुन्जेल उभिइन् । उनका पतिको निधनमा समेत उनले तेह्र दिनपछि रातो टीका, रातो चुरा, रातो सारी र रातो चोली लगाइन्। उनले धर्म र संस्कृतिका नाउँमा लादिएका खोक्रा आडम्बरहरूलाई भाँचभुँच पारिन् । वास्तवमा उनी समाजले के भन्छ भन्ने डरमा कहिले बसिनन् । बरु उनले नारी उपरको शोषण, दबाब र भेदका विरोधमा आफ्नो शक्ति अर्पण गरिन्। पत्नीको निधनमा पतिले जेजस्तो कृत्य गर्छन् पत्नीले पनि पतिको मरणमा त्यति नै मात्र कर्म गर्नु पर्छ भन्ने उनको मान्यता थियो।
शारदाको जन्म २०२१ साल मड्सिर ४ गते काठमाडौंको सुन्दरीजलमा भएको थियो। उनका बुबा दामोदर ढकाल तथा आमा गुहेश्वरी ढकालका पाँचजना सन्तानमा उनी प्रथम सन्तान थिइन्।
शारदा सानैदेखि ख्याउटे थिइन्। उनी सानो काँटकी थिइन्। सानामा लिखुरे भएका कारण उनलाई घरमा मुसी भनिन्थ्यो। सानामा उनी लाटीजस्तै पनि थिइन्। तर जतिजति उमेर छिप्पिंदै गयो त्यतित्यति उनी टाठी बाठीमा अनुवाद हुँदै गइन्।
शारदाले नेपालका विभिन्न ठाउँका स्कूलहरू पढिन्। उनका बुवा जागिरका सिलसिलामा जहाँजहाँ पुगे त्यहीत्यहीं यिनको शिक्षा आर्जन हुन्थ्यो। त्यसैले यिनले काठमाडौं, सल्यान, कञ्चनपुरका स्कूलहरूमा शिक्षा आर्जन गरेकी थिइन्। तर उनले काठमाडौंबाट नै एसएलसी पास गरिन्।
एसएलसी पासताक शारदाका बुबा सुर्खेत सरुवा भए। अनि उनी पनि सुर्खेत क्याम्पसमा नै भर्ना भइन्। तर त्यहाँ आईएको प्रथम वर्षसकिंदा नसकिंदै उनका बुवाको अन्यत्रै सरुवा भयो। अनि सरासर काठमाडौं आएर उनले पद्मकन्या बहुमुखी क्याम्पसमा नाँउ लेखाइन्। त्यहाँंबाट उनले बीए पास गरिन्। साथै कर्ीर्तिपुर क्याम्पसबाट नेपाली विषयमा उनले प्रथम श्रेणीमा एम्ए पास गरिन् । त्यसपछि उनी उपप्राध्यापकका रूपमा पद्मकन्या बहुमुखी क्याम्पसमा पढाउन थालिन्।
शारदाको बिहे २१ वर्षो उमेरमा भएको थियो। त्यतिबेला उनी आइए पास गरेर बीए भर्ना हुने तरखरमा थिइन्। उनी नेपाली भाषासाहित्यका रथी हरिहर शास्त्रीका छोरा सुदीप अधिकारीसँगको वैवाहिक जीवनमा बाँधिइन्। अनि यिनले एकै वर्षा छोरी सुयशा जन्माएकी थिइन्। उनका ससुरा हरिहर शास्त्रीको आफ्नी बुहारी शारदाको उच्चशिक्षाको गहिरो चाहना थियो। त्यसैले शारदाले आफ्नो अध्ययन जारी राख्ने अवसर पाएकी थिइन्। तर वैवाहिक सम्बन्ध भएको बाह्र वर्षनपुग्दै उनका पतिको निधन भयो। उनका पति सुदीपको बे्रन ट्युमरका कारण र्स्वर्गवास भयो। ३३ वर्ष पुग्नासाथ उनी एकल महिलामा रूपान्तरित भइन्।
शारदा नेपाली भाषासाहित्यमा सृजनात्मक र सड्गठनात्मक दुवैमा क्रियाशील थिइन्। उनी नेपाली साहित्यमा पद्य फाँटको सर्म्बर्धनका लागि जागरुक भइन्। त्यसै सिलसिलामा यिनी नेपाली वाङ्मय प्रतिष्ठानकी सचिव थिइन्। त्यसैगरेर नारी स्रष्टाहरूको सड्गठन गुञ्जनमा पनि यी मिस्सिएकी थिइन्। साथै उनी रूमु प्रकाशनमा प्रवेश गरेर विभिन्न कृतिहरुको सम्पादन कार्यमा पनि उनले आफूलाई समाहित गरिन् । उनी साझा प्रकाशनको निर्वाचित सञ्चालक सदस्य थिइन्। साझाको सर्ंवर्द्धनका लागि यी नेपाल भित्रका अधिकांश शाखा कार्यालयहरुमा पुगिन्। साझालाई मर्यादित बनाउने सपनामा नै उनी लागिपरेकी थिइन् । साहित्य सर्ंवर्द्धनकै परिवेशमा उनी नेपाल बाल साहित्य समाजको सचिव पनि भइन्। यस संस्थामा रहेर उनले विशेष योगदान पुर्याएकी पनि थिइन्। अनि यही संस्थाको संस्थागत कार्यका सर्न्दर्भमा नै उनको स्वर्गारोहण भएको थियो।
२०६५ साल कात्तिक २४ गतेको कुरा हो। तेजप्रकाश श्रेष्ठले हाँकेको मोटरसाइकलमा शारदा बसेकी थिइन्। उनले गलामा बेरेको गुलाबी पछ्यौरीलाई मोटर साइकलको चक्काले बर्ेन थालिसकेको रहेछ। पछ्यौरी चक्कामा बेरिंदै घाँटी कसिंदै गएपछि चाबेल पुगेर उनी सडकमा बजारिइन्। त्यही दुर्घटनामा उनको घाँटीको हड्डी भाँच्चियो। त्यसैले अस्पताल पुग्ने वित्तिकै उनको मृत्युको घोषणा भयो।
शारदाका साहित्यिक कृति संख्यात्मक रूपमा नभए तापनि उनी गुणात्मक लेखनकी धनी थिइन्। उनले ‘जीवन जे जसरी पनि बग्दोरहेछ’ (२०६३), लेखिन्। त्योभन्दा अघि नै शैलेन्दुप्रकाश नेपालसँगको लेखनमा ‘पारख प्रयत्न’ समालोचना सड्ग्रह, (२०५५) मा प्रकाशनमा आएको थियो। यस सड्ग्रहमा यी दर्ुइ स्रष्टाका दशदशवटा समालोचना सड्ग्रहीत भए । अनि यी दुवै कृतिभन्दा अगावै अर्थात् २०५३ सालमा उनको बालकविता सड्ग्रह ‘चिनजान हामीलाई’ प्रकाशित भएको थियो। बाल साहित्यमा मात्र यिनका १३ वटा कृति प्रकाशित भए। उनले नेपाली साहित्यमा जति गरिन् तर आफूलाई प्रचारमा ल्याउन चाहनिन्।
शारदाले नेपाली भाषाको अक्षर खेलाएर नै देशदेशान्तरमा आफ्नो नाउँ सम्प्रेषण गरेकी थिइन्। त्यसैले उनलाई भारत, डेनमार्क र स्वीडेनको पनि भ्रमण जुरेको थियो। साथै उनले आफू गएका ठाँउको निबन्ध पनि लेखिन्।
शारदाले पढाइकै बेला आधारभूत पत्रकारिता प्रशिक्षण लिएकी थिइन्। उनले प्राध्यापनकालमा नै महेश योगीको नेतृत्वमा सञ्चालित भावातीत ध्यानको प्रशिक्षण पनि लिएकी थिइन्। अनि त्यो ज्ञान र ध्यान उनले भारतको दिल्लीबाट आर्जन गरेकी थिइन्। त्यसपछि उनी योग र ध्यानबारे तालीम लिनमा नै उद्धत रहिन् र अन्ततः यसबारे उनी प्रशिक्षक पनि भइन् । साथै उनी रजनीशद्वारा स्थापित ओशोमा पनि पुगिन्। त्यहाँ पनि उनले प्रशिक्षण लिइन्। साथै उनी ‘ओशो मा विद्या’द्वारा विभूषित गुरुमा बनिन्।
शारदाको जीवनको अधिकांश समय भौंतारिएर नै पनि बितेको थियो। उनी नारीलाई सङ्कुचित र निरीह पार्ने कुनै पनि धर्म, विचार र कर्मको कट्टर विरोधी थिइन्। त्यसैले उनी आफन्तहरु माझ पनि विझाएकी थिइन्। वास्तवमा उनी विश्ववन्धुत्वको अवधारणालाई नै अङ्गीकार गर्थिन् । त्यसैले साँगुरा कर्मकाण्डीहरुका लागि उनी प्रिय हुन सकिनन्।
बाँचुन्जेल शारदामाथि विभिन्न ठाँउबाट फरकफरक तरिकाले मानसिक प्रताडना भइरहे। साहसकी प्रतिमूर्ति भएर उनले हरेक आक्रमणको प्रतिकार गरिरहिन्। जतिसुकै बाधा आए तापनि स्वाभिमानपूर्ण ढड्गले शिर उचालेरै उनी आफ्नो यात्रामा लम्किरहिन्।
शारदाले बालसाहित्य विषयक केही पुरस्कार र सम्मान पनि पाइन्। साथै उनको शेषपछि उनकी प्रिय सखी प्रभा भट्टर्राईले ‘साहित्यकार शारदा अधिकारी’ शीर्षकमा जीवनीकृति लेखिन्। अनि इन्दिरा प्रसाईले पनि ‘शारदा’ नामक लामो कविताको एउटा सिङ्गो किताबै लेखिन्।
nai.com.np@gmail.com
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b