Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अवरोध तोडेर पनि बजेट ल्याईन्छः उपाध्यक्ष क्षेत्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ कार्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले विपक्षी दलहरुले अवरोध गरे अवरोध तोडेर भए पनि सरकारले पूर्ण बजेट ल्याई छाड्ने ठोकुवा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने–विपक्षीले काँडा तेर्साए त्यस्तालाई तोडदै, ढोका लगाए अवरोध गरे ढोका फोडेर भए पनि सरकारले बजेट ल्याई छाड्छ र पूर्ण बजेट नै ल्याउछ।

साक्षात्कारमा उपाध्यक्ष क्षेत्रीले सरकारले पूर्ण बजेटको तयारी गरिसकेको भन्दै जतिसुकै अवरोध गरे पनि राष्ट्रपतिकोमा पूर्ण बजेट नै पेश गर्ने बताए। उनले भने–नेपालको लागि सहमति दुर्लभ हिमाली जनावर यति जस्तै बनेको छ। विगत लामो समयदेखि सहमति बन्न सकेको छैन। त्यसैले सरकारले सहमति नभए पनि बजेट ल्याउँछ।

४ सय ५० अर्वको हाराहारीमा बजेट ल्याउने तयारी भएको जानकारी दिदै बजेट जनताको चाहना पुरा गर्ने गरी पपुलिष्ट पनि हुन सक्ने संकेत गरे। उनले भने–बजेट जनताको लागि ल्याउने हो । जनताको चाहना बढेको छ त्यसलाई सम्बोधन गरिन्छ।

राजस्वमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई राहत दिने गरी बजेट आउने जानकारी दिदै उपाध्यक्ष क्षेत्रीले भने–७० प्रतिशत योगदान हुने नीजि क्षेत्रलाई सम्मान गर्न नसके जुनसुकै सरकार आए पनि केही हुने वाला छैन। त्यसैले सरकारले बजेट मार्फत नीजि क्षेत्रको सम्मान गर्छ।

विगतमा सहमतिको बातावरण नविथोल्न सरकारले एक तिहाई बजेट ल्याएको स्मरण गराउँदै प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्रीले सहमतिकोलागी प्रयाप्त प्रयास गरेको दावी गरे। उनले बजेट नआए नेपालमा आउने विदेशी लगानी प्रभावित हुने चेतावनी दिदै जनताको जीवन स्तरमासमेत नकारात्मक असर पर्ने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by