Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

डाउनटाउनले जानकारीसभा गर्ने

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १ नोभेम्बर । डाउनटाउन हाउजिङ कम्पनी नेपालले हङकङमा जानकारीसभा गर्ने भएको छ।

कम्पनीका प्रतिनिधि बसन्त थापामगरका अनुसार यो आइतबार जोर्डन र युनलङमा कार्यक्रम सम्पन्न गरिने छ । जानकारी गराइए अनुसार कङ्गन रेष्टुरेण्टमा दिनमा र सांग्रिला रेष्टुरेण्टमा साँझ कार्यक्रम सम्पन्न हुनेछन्।

कार्यक्रमका लागि कार्यकारी निर्देशक डेगेन्द्र श्रेष्ठ, प्रविधि निर्देशक उदय श्रेष्ठ, महेन्द्र पञ्जियार र विकासकुमार अग्रवाल आउने प्रतिनिधि थापामगरले बताएका छन् । उनीहरुले कम्पनीद्वारा निर्मित भवनको बारेमा विविध जानकारी गराउने छन्।

खुमलटार धापासी, ललितपुरमा निर्मित अपार्टमेन्टमा हङकङका खरीदकर्ताको लागि २० प्रतिशत छुट गरिएको प्रतिनिधि थापामगरले जानकारी गराएका छन् । ती अपार्टमेन्ट हङकङकै स्तरका रहेका उनले दावी गरेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by