Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सेन्डीले मर्नेको संख्या ८० पुग्यो

एचकेनेपाल डट कम संवाददाता
न्युयोर्क, १७ कार्तिक । अमेरिकाको पूर्वीतटबाट गुज्रेको सामुद्रिक आँधी सेन्डीको कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ।

न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३७ पुगेको छ। क्यारेबियन क्षेत्रमा समुद्रीआँधी स्यान्डीले ६९ जनाको ज्यान लिएको थियो।

विध्वंशकारी सेन्डीका कारण अमेरिकाको १३ राज्यहरुका करीव ४५ लाख घरमा अझै विद्युत आपूर्ति विच्छेद छ। पछिल्लो विवरणका अनुसार अमेरिकामा करीव ५० अर्व डलरको क्षति भएको जनाएको छ। न्युयोर्कका सबै मेट्रो सब वेहरु खुलेका छैनन् भने ४ वटा सब वे अझै जलमग्न छन्। न्युयोर्क र न्यूजर्सीका धेरैजसो पेट्रोल स्टेशनहरु खुलेका छैनन्।

अझै शवहरु प्राप्त भइरहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। त्यसैगरी, दक्षिणी भारतमा आंधीले ७ जनाको मृत्यु भइसकेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by