एचकेनेपाल डट कम संवाददाता-
अफ्गानिस्तान, १ नोभेम्बर । अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर ए सराज जिल्लामा मंगलवार गोली लागेर मृत्यु भएका दुईमध्ये एक जनामात्र नेपाली रहेको खुलेको छ।
अफ्गान प्रहरीको वर्दी लगाएका एक व्यक्तिको गोली प्रहारबाट पोखरा-१० रामबजारका सिद्धान्त कुँवरको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ। उनीसंगै गोली लागेर मृत्यु हुनेमा लेफ्टिनेन्ट ड्रममन्ड बाक्स्टर रहेका छन्। दुबै जना द रोयल गोर्खा राइफल्सको फस्ट बटालियनमा कार्यरत थिए।
ड्रममन्ड बाक्स्टर र सिद्धान्त कुँवर तस्विरः बेलायती रक्षा मन्त्रालय
सन् २००५ डिसेम्बरमा भर्ती भएका २८ वर्षीय लान्स कर्पोरल सिद्धान्त कुँवर तेस्रो तथा अन्तिम पटक अफ्गानिस्तानमा खटिएका थिए। भर्ती भएपछि १० पटक जति नेपाल फर्केका कुँवरले अफ्गानिस्तानबाट फर्केपछि बिवाह गर्ने परिवारलाई वचन दिएका थिए। उनी अक्टोबर ३ तारिखमात्र अफ्गानिस्तान पुगेका थिए। उनको परिवारमा चार दिदी, एक दाजु, बुबा र कान्छी आमा छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b